‘निफ’मा ११ नेपाली फिल्म « Khabarhub

‘निफ’मा ११ नेपाली फिल्म


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ)’को चौथो संस्करणमा यो वर्ष लामा र छोटा गरी ११ वटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन् ।

आयोजकका अनुसार यो वर्ष प्रकाश झा निर्देशित ‘होमः एन ओडी टु अल फादर्स’, तील थापा मगर निर्देशित ‘प्रिष्ट’, दीपक सुब्बा निर्देशित ‘सोल्ड इन इराक’, राजन कठेत निर्देशित ‘बेर ट्रिज इन द मिस्ट’, अमृत कौछा निर्देशित ‘धर्सो’, गणेश रावल निर्देशित ‘संशय’ प्रदर्शन हुँदैछन् ।

यस्तै राजेश श्रेष्ठ निर्देशित ‘द वार आफ्टर वार’, राजेशप्रसाद खत्री निर्देशित ‘स्केरक्रो’ र कृषा चौलागाईं निर्देशित ‘ऐना’, गणेश पाण्डे निर्देशित ‘सिभिल सोल्जर्स’ र सर्जियो बासो निर्देशित ‘टेल मी हु आइ एम’ छन् ।

फेस्टिभल तथा संस्थाका अध्यक्ष केपी पाठकले यो वर्षको लागि ५२ देशबाट ४ सय ५० बढी फिल्मले आवेदन दिए पनि ६ सदस्यीय जुरीले ३१ देशका ६३ फिल्मलाई फेस्टिभलका लागि छनोट गरेको बताए ।

केपीका अनुसार फेस्टिभलमा ‘फिचर फिल्म कम्पीटिसन(इन्टरनेसनल’, ‘लाइभ एक्सन सर्ट फिल्मस्(इन्टरनेसनल)’, ‘एनिमेटेड सर्ट फिल्मस्(इन्टरनेसनल्स)’, ‘डकुमेन्ट्री कम्पीटिसन’, फिचर फिल्म कम्पीटिसन(नेसनल) र ‘सर्ट फिल्म कम्पीटिसन(नेसनल)’ विधामा प्रतिष्पर्धा हुनेछ ।

फेस्टिभलमा ‘बेस्ट फिचर फिल्म(इन्टरनेसनल)’ विधामा उत्कृष्ट हुने फिल्मले १५ सय डलर राशीको ‘गौतम बुद्ध अवार्ड’ पाउनेछ । आयोजकले यो वर्ष ‘पेन्डामिक फिल्म एक्जिभिट’ नामक विधा पनि थप गरेको छ । जसमा कोभिड महामारीको समयमा निर्माण भएका वृत्तचित्र प्रदर्शन गरिनेछ । यो विधाको विजेताले ५ सय डलर पुरस्कार पाउनेछ । फेस्टिभल आगामी मे ६ देखि मे १० सम्म काठमाडौंमा हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १ : १५ बजे

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य