अब अन्तिम विकल्प चुनाव नै हो : कमल थापा « Khabarhub

अब अन्तिम विकल्प चुनाव नै हो : कमल थापा


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीबाट संसद विघटन असंवैधानिक कदम भए पनि अब निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् ।

संविधानमा संसद विघटन सम्बन्धिको व्यवस्थानै प्रष्ट नभएका कारण अहिले बहस सिर्जना भएको भन्दै उनले संसदीय अभ्यास र प्रधानमन्त्री प्रणालीमा संसद विघटनको अधिकार अन्तर्राष्ट्रिय अभ्याससमेत भएको उनको तर्क छ ।

मिडिया नेपालले आईतबार दमकमा गरेको पत्रकार भेटघाटमा उनले भने, ‘संसद विघटन सम्बन्धिको प्रष्ट व्यवस्था नहुँदा अहिले बहस सिर्जना भएको तर अब यसको करेक्सनका लागि जनताका बीचमा जानुको विकल्प छैन ।’

संघीयताको नयाँ मोडल प्रस्ताव

आफुहरुले शुरू देखिनै नेपालले संघीयता धान्न नसक्ने बताउँदै आएको र अहिले त्यो प्रमाणित भएको उनको तर्क छ । उनले अब संघीयता खारेज गर्नेभन्दा पनि नयाँ मोडलमा जानु पर्ने सुझाव दिए ।

उनले भने, ‘संघीयतामा तीन तहको सरकार हुनु पर्छ भन्ने युनिभर्सल नियम केही छैन, केन्द्रमा बलियो सरकार र स्थानीय तहमा शक्तिशाली स्थानीय सरकारसहितको संघीयतामा जानुपर्छ । यसो गरियो भने संघीयता पनि रहन्छ र देशले धान्न सक्ने अवस्था पनि रहन्छ ।’

प्रदेश तहको कुनै भुमिका र औचित्य नभएको भन्दै उनले प्रदेशको अधिकार पनि स्थानीय तहलाई दिएर दुई तहको बलियो संघीयता स्थापित गर्नु पर्ने उनको भनाई छ ।

राजसंस्था सहितको लोकतन्त्र र धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राज्यको मान्यतामा राप्रपा अडिग रहेको भन्दै यसलाई क्रमिक जनताले पनि साथ दिने उनले बताए ।

प्रधानमन्त्री ओलीको गृह क्षेत्र झापा क्षेत्र नं. ५ को गौरीगञ्जमा शनिबार आयोजित सभालाई सम्बोधनका लागि उनी झापा आएका हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १ : ०३ बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही