यस्तो छ मरिचको औषधीय गुण « Khabarhub

यस्तो छ मरिचको औषधीय गुण


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मरिचलाई भान्साको एउटा महत्वपूर्ण मसलाको रुपमा लिइन्छ । यसलाई ‘एन्टिसेप्टिक’ को रूपमा उपयोग गर्नुबाहेक हैजा र ब्रोङ्काइटिसको उपचारमा समेत प्रयोग गरिन्छ ।

मरिचले शरीरको बोसो घटाउन मद्दत गर्ने ताइवानमा गरिएको एउटा अनुसन्धानले देखाएको छ । एग्रिकल्चर एन्ड फुड केमेष्ट्रिले मरिचबाट शरीरको बोसो घटेको अनुसन्धान रिपोर्ट प्रकाशित भएको हो ।

मरिचमा पाइने रसायन कैप्सेसिनले बोसोको कोषलाई आफैँ नष्ट गर्न बाध्य पार्छ । यसैकारण मरिच तीक्ष्ण स्वादको र सुगन्धित हुने गरेको हो ।

मरिचले शरीरको मेटाबोलिक दर बढाउँछ । यो दर बढ्नाले तौलमा कमी आउँछ । अर्थात् तौल घटाउने अन्य उपायसँगै खानामा मरिचको प्रयोगले सकारात्मक परिणाम दिन्छ ।

यसअघि गरिएका केही अध्ययनअनुसार मिरचले प्रोस्टेट र प्याङ्क्रियाजको क्यान्सर कोषलाई आफैँ नष्ट हुने दिसातर्फ मोड्ने गरेको छ । यसले शरीरमा अम्लको उत्पादन रोकेर अल्कालीको स्तर बढाउँछ ।

अल्काली यस्तो अकार्बनिक (इन आर्गेनिक) यौगिक हो जसले अम्लको गतिविधि नियन्त्रित गर्छ । पेटका कोषहरूमा रगतको बहाव बढाउँछ । अनुसन्धानअनुसार जुन मुलुकमा मरिचको उपयोग बढी हुन्छ, त्यहाँ पेटको रोग र ग्याष्ट्रिक अल्सरको समस्या कम पाउने गरिएको छ । मरिचमा एन्टिइन्फ्लामेन्टरी (सुन्निने कम गर्ने) क्षमता समेत हुने गरेको छ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : २५ बजे

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका