अब मेडिकल काउन्सिलका सबै परीक्षा कम्प्युटरबाट « Khabarhub

अब मेडिकल काउन्सिलका सबै परीक्षा कम्प्युटरबाट


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले लिने सबै परीक्षा कम्युटर प्रणालीमार्फत सुरू गरेको छ । काउन्सिलले लिने दर्ता–प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ एक्जामिनेसन) लाई पनि कम्प्युटरमा आधारित बनाएको हो ।

काउन्सिलले ललितपुरको पुल्चोकस्थित इञ्जिनीयरिङ क्याम्पसमा लिइरहेको डाक्टरको परीक्षा कम्प्युटर प्रणालीमार्फत् लिएको छ । काउन्सिलले यसअघि गत मंसिरमा सञ्चालन गरेको विशेष परीक्षा पनि यसै गरी लिएको थियो ।

मंसिरको परीक्षा प्रभावकारी भएपछि काउन्सिलले पहिलो पटक ‘पेपरलेस’ परीक्षा सञ्चालन गरेको छ। कागजी प्रणालीलाई पूरै प्रतिस्थापन गरी डाक्टरको परीक्षा सम्पूर्ण रुपमा कम्प्युटर प्रणालीमार्फत् लिइएको हो।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले कम्प्युटर प्रणालीमार्फत् परीक्षा लिँदा धेरै फाइदा भएको बताए ।

‘हामीले खासै नयाँ काम त गरेका होइनौँ, यस्तो सबैले गरेका छन्, तर हामीले गरेको कामले धेरैलाई सहज बनाएको छ। पहिला ‘पेपर’ बाट परीक्षा लिँदाभन्दा अहिले मेडिकल काउन्सिल, परीक्षार्थी र परीक्षक सबैलाई सजिलो भएको मेडिकल काउन्सिलको मूल्याङ्कन छ ।’ डाक्टर कोइरालाले भने, ‘पहिले समय पनि बढी खर्च हुन्थ्यो। जाँच्न पनि उत्तिकै समय लाग्थ्यो । अहिले डिजिटलाइज भएपछि त्यो समस्या हल भएको छ। परीक्षा दिनेलाई पनि सहज भएको छ।’

आइतबारदेखि सुरू भएको मेडिकल काउन्सिलको परीक्षामा १ हजार ३ सय ८५ जना एमबीबीएस र बिडीएस गरेका चिकित्सकले फारम भरेका छन्।

नेपाल मेडिकल काउन्सिलकी प्रशासकीय अधिकृत अनिता लामाले परीक्षामा कुनै पनि चलखेल हुन नदिन चेकजाँचलाई बलियो बनाएको जानकारी दिइन् ।

‘परीक्षा सञ्चालन गर्दा कोरोना प्रकोपलाई ध्यान दिएका छौँ। हामीले स्वास्थ्य सुरक्षालाई ख्याल गरेका छौँ।’ लामाले भनिन्, ‘डाक्टरको लाइसेन्स परीक्षा सामान्य हैन, हामीले यसलाई मर्यादित बनाउन गम्भीर भएर जाँच लिने गरेको छौँ ।’

एमबीबीएस तथा बिडीएस गरेका डाक्टरले काउन्सिलबाट अनुमति–पत्र नलिएसम्म बिरामी जाँच्न गर्न पाउँदैनन् । बिमारी जाँच गर्न तथा स्वास्थ्य संस्थामा काम गर्न काउन्सिलको अनुमति पत्र अनिवार्य छ।

सरकारले सबै क्षेत्र र निकायलाई डिजिटल प्रणालीमा चल्न निर्देशन दिएको छ। त्यही निर्देशन पालना गर्ने सिलसिलामा मेडिकल काउन्सिलले आफूलाई डिजिटलाइज गरेको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १ : १३ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै