नेपालमा पनि फ्रेन्चाइज फुटबल हुने, पहिलो संस्करण वैशाखमा « Khabarhub

नेपालमा पनि फ्रेन्चाइज फुटबल हुने, पहिलो संस्करण वैशाखमा


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलोपटक फ्रेन्चाइज मोडलमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आउँदो वैशाख ११ गतेदेखि २५ गतेसम्म ‘नेपाल सुपर लिग’ को पहिलो संस्करण सञ्चालन हुने जानकारी दिइयो ।

पहिलो संस्करणमा देशभरिका विभिन्न प्रदेशहरुबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न शहरहरुका फ्रेन्चाइज टिमहरु सहभागी हुनेछन् ।

टिमको नाम र टिम मालिकको जानकारी एक विशेष समारोहका बीच यसै महिनाभित्र सार्वजनिक गर्ने जानकारी दिइएको छ ।

अक्सनको माध्यमबाट टिम बनाई खेलाडीहरुलाई विभिन्न टिममा विभाजन गरिने नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘यस प्रतियोगिता गर्नुको मुख्य उद्देश्य निजी क्षेत्रलाई फुटबलमा प्रवेश गराई खेलाडीहरू र फुटबल खेललाई थप व्यवसायिक बनाउन टेवा पुर्‍याउने हो,’ विज्ञप्तिमा भनिएको छ ।

हरेक टिममा विदेशीसहित विभिन्न श्रेणीका २० खेलाडीहरु रहनेछन् । राउन्ड रोविन लिग फर्म्याटमा हुने प्रतियोगितामा १९ खेलहरु हुनेछन् । खेलाडीको श्रेणी छुट्याउने काम एन्फासँगको सहकार्यमा हुने जनाइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ४ : २१ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा