भागरथी हत्या आरोपी दिनेशमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप « Khabarhub

भागरथी हत्या आरोपी दिनेशमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- भागरथी हत्या आरोपी किशोर दिनेश भट्टमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप गरिएको छ ।

हत्यामा संलग्नता रहेको आरोपमा गत बुधबार प्रहरीले सार्वजनिक गरेका दिनेशमाथि अनुसन्धानका लागि जिल्ला अदालत बैतडीले ५ दिनको म्याद दिएको थियो ।

उक्त म्याद सकिएपछि पुनः थप ५ दिनको अनुमति लिएर अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बुधबार नै भागरथीका दाजु शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए।

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लवलेक जंगलमा उनको शव बीभत्स अवस्थामा भेटिएको थियो।

त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त घटनामा दिनेशको संलग्नता रहेको भन्दै गत बुधबार सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ७ : ०१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु