प्रतिनिधिसभा पुनःस्थापना भए 'तमासाको राजनीति' शुरु हुन्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

प्रतिनिधिसभा पुनःस्थापना भए ‘तमासाको राजनीति’ शुरु हुन्छ : प्रधानमन्त्री


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने बताएका छन् ।

बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताउँदै प्रतिनिधिसभा पुनःस्थापनमा भए मुलुकमा तमासाको राजनीति शुरु हुने बताएका हुन । उनले मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको भनाइ थियो ।

“देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ”, उनले भने, “समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ ।” आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै उनले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गरे ।

अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै उनले शहरका बालबालिकाले झै गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने बताए ।

पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले प्रयाप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उनले जनाए । उनले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको बताए ।

उनले भने, “अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ । म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु ।”

प्रधानमन्त्री ओलीले जनतालाई समस्यामुक्त गर्न सके मात्र देशको विकास निर्माणको काम अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ८ : २९ बजे

प्रदर्शनकारीले घर जलाएपछि महामन्त्री थापाकी श्रीमती अञ्जनाले पोखिन् दुःख

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाकी श्रीमती अञ्जना केसी थापाले

पश्चिम गेटबाट सिंहदरबार छिरे प्रदर्शनकारी

काठमाडौँ – जेन-जी आन्दोलनको दोस्रो दिन मङ्गलबार प्रदर्शनकारीहरू मुलुकको केन्द्रीय

बानेश्वरमा उत्रिएका आन्दोलनकारीसँग अटोमेटिक राइफल (तस्बिरहरू)

काठमाडौँ- नयाँबानेश्वर क्षेत्रमा आन्दोलित युवाहरूले बन्दुक बोकेको देखिएको छ। तीनकुनेबाट

बोहोराटारमा गोली चल्यो

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास रहेको क्षेत्र बालाजु

विश्वप्रकाश शर्माको घरमा पनि आगजनी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको घरमा आगजनी भएको छ