विदेशी पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाउन व्यवसायीको माग « Khabarhub

विदेशी पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाउन व्यवसायीको माग


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ महामारीका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी बनेको भन्दै यस क्षेत्रका अगुवा संस्थाले पर्यटन व्यवसायलाई पुनर्जीवन दिन विदेशी पर्यटकको आवागमनलाई सहज तुल्याउनेलगायत उचित कार्यक्रम ल्याउन सरकारसमक्ष माग गरेका छन् ।

पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न ३६ वटा सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायीको पीरमर्कालाई सम्बोधन गरी थला परेको पर्यटन व्यवसायलाई विभिन्न १० बुँदे मागसहित ध्यानाकर्षण गराएका हुन् ।

व्यवसायीको मागमा ७२ घण्टाको पिसिआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकका हकमा पाँच दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउन आग्रह गरिएको छ ।

अनलाइन र अराइभल प्रवेशाज्ञा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट प्रवेशाज्ञाको व्यवस्था पूर्ववत्रुपले गराउन व्यवसायीले अनुरोध गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड परीक्षण मेशिन राख्ने अथवा तोकिएको स्वास्थ्य निकायबाट नमूना सङ्कलन गर्ने, हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न माग गरिएको छ ।
कोरोनाविरुद्धको खोप अग्रपङ्क्तिमा रहेर काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकलाई उपलब्ध गराउनुपर्ने, नेपाल र चीनबीचको सीमा नाकाहरु तत्काल खोल्नुपर्ने, नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएरमात्र नेपाल भ्रमणको व्यवस्था मिलाउन भनिएको छ ।

त्यस्तै नेपाल–भारत र नेपाल–चीन सीमानाहरुबाट भित्रिने पर्यटकलाई सवारीसाधनसहित निर्बाधरुपमा आउन पाउने व्यवस्था मिलाउन माग गरिएको छ । कम्तीमा पाँच हजार अमेरिकी डलर बराबरको कोरोना बीमा हटाएर कोरोनाविरुद्धको खोप पूरा मात्रा लगाई आएका पर्यटकलाई सहजरुपमा घुम्न दिनुपर्ने व्यवसायीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटेल एसोसिएशन अफ नेपाल (हान), नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), हिमालय उद्धार सङ्घलगायत संस्थाहरु छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १० : ५९ बजे

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन