संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको छ : मन्त्री श्रेष्ठ « Khabarhub

संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको छ : मन्त्री श्रेष्ठ


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् ।

समग्र सुदूरपश्चिम प्रदेशको शिक्षा विकासका लागि मन्त्री श्रेष्ठसँग छलफल गर्न लुःनिभा वाल सरोकार समूहले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल जारी रहेको बताएका हुन् ।

२०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने आवश्यक रहेकोमा उनको भनाइ छ । कोभिड–१९को कारण थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नयाँ योजना ल्याउने प्रकृया अघि बढाइएको उनले जानकारी दिए ।

‘अलमलमा रहेको शैक्षिक क्षेत्रको टुङगो लगाएका छौँ । विद्यार्थी स्थानान्तरण गर्ने व्यवस्था गरेका छौँ । एसईईको परीक्षाको गुणस्तर सुधार गर्न केन्द्रबाटै परीक्षा लिने व्यवस्था गरेका छौ’,उनले भने, ‘तपाईंहरु राजधानीको शिक्षा, शिक्षण पद्धतिको विषयमा अध्ययन गर्न आउनुभएको छ । यहाँको कुरा सिकेर आफ्नो क्षेत्रमा लागू गराउनुहोस् ।’

अन्तक्रिया गर्न डडेल्धुराका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधि राजधानी आएका थिए ।

चालु शिक्षा प्रणालीबाट मुलुकले सोचे जस्तो फड्को मार्न नसक्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले यसको लागि वर्तमान समयमै सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए ।

उनले शिक्षा प्रणालीको समग्र सुधार गर्न सबै प्रदेशका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

डडेलधुराको अजयमेरु नगरपालिका र गन्यापधुरा नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सहित ३२ वटा विद्यालयका प्रतिनिधिहरु काठमाडौंको नमुना विद्यालयहरुको भ्रमण गर्न राजधानी आएका थिए ।

कार्यक्रममा डडेलधुरा जिल्लाको गन्यापधुरा नगरपालिका वडा नं ६ का अध्यक्ष चेतराज भट्टले २० देखि ५० जना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पुग्न विद्यार्थीहरुले ५ देखि ६ घण्टा सम्मको यात्रा गर्नुपर्ने समस्या रहेको मन्त्री श्रेष्ठ समक्ष व्यक्त गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ८ : ४९ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण