शिक्षकको कुटाइबाट बैजनाथ माविकी छात्रा नाथ घाइते « Khabarhub

शिक्षकको कुटाइबाट बैजनाथ माविकी छात्रा नाथ घाइते


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भीमदत्त नगरपालिका–९ स्थित बैजनाथ माध्यमिक विद्यालयका प्रधानाअध्यापकको कुटाइबाट एक छात्रा घाइते भएकी छन्।

विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा मनिषा नाथलाई प्रधानाअध्यापक खडक सिंह विष्टले कुटेपछि उनी घाइते भएकी हुन् ।

उनको टाउकोमा चोट लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । घाइते छात्रालाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ ।

छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले प्रअलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

छात्रामाथि कुटपिटको घटनालाई लिएर विद्यार्थी संगठनले प्रधानाध्यापकलाई कडा कारबाहीको माग गरेका छन्।

सोमबार अनेरास्ववियु र अखिल क्रान्तीकारी कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्दै कुटपिट गर्ने प्रधानाध्यापकमाथि कानूनी कारबाहीको माग गरेको छन् ।

प्रधानाध्यापक विष्टलाई तत्काल कारबाही नभए आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ९ : ३९ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि