रोनाल्डोको शानदार प्रदर्शनमा युभेन्ट्सको जित | Khabarhub Khabarhub

रोनाल्डोको शानदार प्रदर्शनमा युभेन्ट्सको जित


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले शानदार प्रदर्शन गर्दा इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोल अन्तरले पराजि गरेको छ । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीले एक गोल गरे ।

खेलको ३८औँ र  पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले हेडमार्फत गोल गरेका थिए ।

६६ औँ मिनेटमा वेस्टनले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए । जितसँगै युभेन्ट्स २२ खेलमा ४५ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

क्रोटोन १२ अंकसहित पुछारमा छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ५९ बजे

झापा इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं – झापा इनर्जी लिमिटेडको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीका नाममा

प्रि-आइपीओको नाममा पैसा उठाउनेलाई कारबाही हुन्छ : धितोपत्र बोर्ड

काठमाडौं – सार्वजनिक निष्काशन नभएका कम्पनीको प्रि-आइपीओको नाममा ह्वाटएप, भाइवर,

२३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

काठमाडौं – सरकारले सेवा प्रवाह सहज बनाउन २३ जिल्लामा नयाँ

म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा