निकुञ्जद्वारा राहत वितरणको खर्च सार्वजनिक | Khabarhub Khabarhub

निकुञ्जद्वारा राहत वितरणको खर्च सार्वजनिक


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- अन्न बालीको क्षतिपूर्तिवापत लाङटाङ राष्ट्रिय निकुञ्जले प्रदान गरेको राहत रकम सार्वजनिक भएको छ ।

किसानको खेतबारीमा पसी वन्यजन्तुले अन्न बाली नोक्सान पुर्याएवापत चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १३९ जनालाई राहतवापत रकम वितरण गरिएको हो ।

क्षतिको मूल्याङ्कनका आधारमा बढीमा रु १० हजारसम्म राहत दिने कानूनी मापदण्डानुसार रु १० लाख ४६ हजार ८३५ वितरण भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने स्थानीय बासिन्दाले आफ्नो खेतीमा लगाएको अन्न बाली बर्सेनि जङ्गली भालु तथा बँदेलले क्षति पुर्याइरहेको अवस्थामा सरकारले प्रदान गरेको सानो सहयोगले पनि ग्रामीणवासीलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् ।

यसैगरी चालु आवको यस अवधिमा भालु तथा चितुवाको आक्रमणबाट घाइते भएका चारमध्ये तीन जनालाई उपचार खर्च प्रदान गरिएको छ । भालुले तीन र चितुवाले एक जनालाई घाइते बनाएको निकुञ्जका वन प्राविधिक रेञ्जर विवेक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वन्यजन्तुको आक्रमणमा पर्ने निकुञ्जवासीबाहेक अन्य क्षेत्रका व्यक्तिलाई उपचार खर्च दिने प्रावधान नभएका कारण तीन स्थानीयवासीलाई खर्च प्रदान गरिएको हो ।

वन्यजन्तुको आक्रमणबाट घाइतेलाई सरकारी अस्पतालमा उपचार गराउँदा लाग्ने खर्च प्रदान गर्ने प्रावधान रहेको छ । भालुको आक्रमणमा पर्ने एक जना भने निकुञ्ज क्षेत्र बाहिरबाट घुम्न आएका व्यक्ति भएकाले उपचार खर्च उपलब्ध गराउन नसकिएको निकुञ्जले जनाएको छ ।

यस्तै चालु आवको साउनदेखि माघ मसान्तसम्म एक हजार १२१ नेपाली र ७३ विदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् ।

भ्रमणका लागि निकुञ्ज प्रवेश गरेवापत पर्यटक शुल्क रु आठ लाख ७९ हजार राजश्व सङ्कलन भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

खर्चतर्फ भने गत साउनदेखि माघ महिनाभर सात महिनाको अवधिमा तलबभत्तालगायत विविध शीर्षकमा रु चार करोड ४४ लाख ९६२ खर्च भएको बताइएको छ ।

समय–समयमा वर्षा नहुँदा बढ्दै गएको सुक्खायामका कारण हालसम्म निकुञ्जका चार स्थानका जङ्गल डढेलोको चपेटामा परेको निकुञ्जका नायबसुब्बा रमेश गौडले जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १० : ०३ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा