दुर्घटनाका घाइतेको उद्धार गरी प्रदेश प्रमुख झाले अस्पताल पुर्‍याए « Khabarhub

दुर्घटनाका घाइतेको उद्धार गरी प्रदेश प्रमुख झाले अस्पताल पुर्‍याए


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश नं. २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई उद्धार गरी अस्पताल पुर्‍याएका छन् ।

प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेका थिए ।

ती चारै जनालाई प्रदेश प्रमुखले गाडीमा राखेर रौतहट जिल्लाको चपुरस्थित अस्पतालमा पठाएका छन् ।

डा.अहिराजले आफ्ना एक जना सुरक्षाकर्मीसहित चारै जना घाइतेलाई अस्पतालतर्फ पठाएका थिए ।

प्रदेश प्रमुख डा.अहिराजले नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै पनि कार्यक्रम नहुने बताए प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ११ : ४९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु