डोटीमा चितुवा आतंक « Khabarhub

डोटीमा चितुवा आतंक


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीमा एक हप्तादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।

स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेको छ ।

सोही वडाका खगेन्द्र बोगटीको गाईको बाच्छो, कलुदेवी बोगटीको गाई, शेरबहादुर बोगटीका चार बाख्रा र करी पार्कीका दुईवटा बाख्रा चितुवा मारेको उनले जानकारी दिए ।

उनले  भने, ‘केही दिनयतादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ, हाम्रै गाउँमा आठ चौपाया मारिसक्यो ।’

चितुवाले दिनहुँ गाउँ तथा जङ्गलमा त्रास उत्पन्न गराउन थालेपछि यहाँका स्थानीयवासी त्रसीत बनेका छन् । प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले चितुवाले आतङ्क मच्चाइरहेको भन्ने खबर पाएपछि सो क्षेत्रमा प्रहरी टोली खटाइएको बताए ।

उनले भने, ‘चितुवाले आतङ्क मच्चाउन थालेको भन्ने खबर आएको छ, क्षतिका बारेमा बुझ्न प्रहरी टोली पठाएका छौँ, चितुवा नियन्त्रणमा लिने प्रयास गर्ने छौँ ।’

स्थानीयवासी रामबहादुर बोगटीका अनुसार गाउँ नजिकै पर्ने कुयपानी सामुदायिक वनभित्र पर्ने जङ्गलमा विगत लामो समयदेखि एउटा चितुवा बस्दै आएको र दिउँसो वनमा डुल्ने राति गाउँभित्रै पसेर गाउँमा आतङ्क मच्चाइरहेको छ ।

सम्भावित मानवीय जोखिमलाई मध्यनजर गर्दै उक्त चितुवालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयलाई गाउँवासीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ११ : ५८ बजे

पानीको वुथबाट पिउनका लागि मात्र पानी लिन महानगरको आग्रह

काठमाडौं- महावौद्धमा राखिएको निःशुल्क वाटर बुथमा एक जना व्यक्ति आए

कानुनअनुसार ‘क’ वर्गमा वर्गीकृत पत्रिकालाई रास्वपाका सांसद खरेलले भने ‘डी’ ग्रेडको

काठमाडौं– नेपालको प्रचलित कानुनअनुसार ‘क’ वर्गमा वर्गीकृत पत्रिका राजधानी दैनिकको

जेसीबी नेपालद्वारा पोखरामा १२ निर्माण उपकरण हस्तान्तरण

पोखरा– जेसीबी नेपालले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो

स्मार्ट टेलिकम प्रकरणबारे जगदीश खरेल भन्छन्- आरोप पुष्टि भए राजनीति छोडिदिन्छु

काठमाडौं– पूर्व सञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले स्मार्ट टेलिकम

पार्टीले दुई वर्षसम्म विधान दिएन, महाधिवेशन गर्न नसकेपछि पद छाडेँ : दुजाङ शेर्पा

काठमाडौं– नेपाली कांग्रेसका १३ भ्रातृ संस्था मध्येको नेपाल विद्यार्थी संघ