विद्यालयको गेट भत्किएर विद्यार्थीको मृत्यु « Khabarhub

विद्यालयको गेट भत्किएर विद्यार्थीको मृत्यु


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको कावासोतिस्थित एक विद्यालयको मुल गेट भत्किएर च्यापिँदा एक बालिकको मृत्यु भएको छ ।

विद्यालयको फलामको मुल गेट भत्किएर च्यापिँदा गेट वरपर खेलिरहेका विद्यार्थीहरु च्यापिएका थिए ।

गेटले च्यापिएर सो विद्यालयमा कक्षा ३ मा अध्ययनरत बालिका ८ वर्षकी गमित्रा सिंजाली मगर (करुणा)को आज विहान पौने ११ बजेतिर घटनास्थलमा नै मृत्यु भएको विद्यालयका प्रधानअध्यापक लेखराज पोखरेलले बताए । मृतक बालिकाको परिवार स्थानीय बासिन्दा हुन् ।

गेटले च्यापिएर अर्का विद्यार्थी कक्षा ४मा पढ्ने ९ वर्षका बालक विस्मत ढकाल घाइते भएका छन् । घाइते ढकालको अवस्था सामान्य रहेको विद्यालयले जनाएको छ ।

गेटले पल्टिएर च्यापिएपछि विद्यालयका शिक्षकहरु दौडिएर गई गेट उठाएका थिए । गेट उठाउँदा बालिका सिंजालीको मृत्यु भइससकेको प्रत्यक्षदर्शीहरुले खबरहबलाई जानकारी दिए ।

घटनास्थलमा प्रहरीले मुचुक्का तयार गरी पोष्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल लैजाने तयारी गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ३६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु