सुरक्षा व्यवस्था थप मजबुत बनाउन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

सुरक्षा व्यवस्था थप मजबुत बनाउन प्रधानमन्त्रीको निर्देशन

विप्लव गतिविधिका बारेमा छलफल


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका छन् ।

आज बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिँदै प्रधानमन्त्री सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले प्रतिबन्धित विप्लव समूहको गतिविधिका बारेमा पनि जानकारी लिएका थिए ।

सुरक्षा परिषदको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापासमेत सहभागी थिए । समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।

सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो । सुरक्षा परिषद् पछि बालुवाटारमा नै प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच एकघण्टा छलफल भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ४३ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।