रोजगारदाता कम्पनीले मेनपावरलाई दिने सेवा शुल्क नतोके मागपत्र प्रमाणीकरण नहुने « Khabarhub

रोजगारदाता कम्पनीले मेनपावरलाई दिने सेवा शुल्क नतोके मागपत्र प्रमाणीकरण नहुने


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारको संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको छ । नेपालबाट नयाँ श्रमिक माग गर्दा नेपालका मेनपावर कम्पनीलाई उपलव्ध गराउने सेवा शुल्क उल्लेख नगरिएको मागपत्र प्रमाणिकरण नगर्ने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको जनाएको छ । नयाँ कामदार माग गर्ने रोजगारदाता कम्पनीले सम्बन्धित नेपालका रिक्रुटमेन्ट एजेन्सी (मेनपावर कम्पनी) लाई उपलब्ध गराउनुपर्ने सेवा शुल्क अनिवार्य रुपमा उपलब्ध गराउने गरी मागपत्रमा प्रतिबद्धता उल्लेख गर्नुपर्ने र त्यस्ता मागपत्र मात्र प्रमाणीकरण गर्ने व्यवस्था गरिएको दूतावासले जनाएको छ ।

यो नयाँ व्यवस्था मार्च १, २०२१ देखि लागू हुने दूतावासले जनाएको छ । उक्त सेवा शुल्क सम्वन्धी प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण नगरिने समेत दूतावासले सम्बन्धित सबै रोजगारदाता कम्पनीहरुलाई जानकारीको लागि सूचना प्रकाशित गरिएको जनाएको छ ।

यस्तै दूतावासले तीन महिनाको अवधिमा समूहगत रुपमा २४६ कम्पनीको मागपत्र प्रमाणीकरण गरेको छ भने व्यक्तिगत रुपमा १७ हजार ७२३ जनाको प्रमाणीकरण गरिसकेको जनाएको छ । २९ घरेलु कामदारको पुन: श्रम स्वीकृतिको लागि सिफारिस गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ३ : ०९ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।