राजनीतिक रूपमा शान्ति र स्थिरताको लागि निर्वाचन आवश्यक : कमल थापा « Khabarhub

राजनीतिक रूपमा शान्ति र स्थिरताको लागि निर्वाचन आवश्यक : कमल थापा


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा अध्यक्ष कमल थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।

मकवानपुरको पदमपोखरीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता अन्त्यका लागि पनि निर्वाचन आवश्यक रहेको बताए ।

अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनसम्बन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने बताए । उनले राजनीतिक रूपमा शान्ति र स्थिरताको लागि निर्वाचनमा जानुको विकल्प नभएकाले सर्वोच्चको फैसला सबैले मान्नु पर्ने स्पस्ट पारे ।

अध्यक्ष थापाले नेपाली कांग्रेसले सत्ताका लागि अपवित्र गठबन्धन गरेर जनताको नजरबाट खस्ने बताए । ‘अपवित्र गठवन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्याण्डेट थिएन,’ उनले भने, ‘कांग्रेसले सत्ताको लोभ देखायो भने कांग्रेस पनि जनताको नजरबाट खस्नेछ ।’

अध्यक्ष थापाले विगत १४ बर्षको राजनीतिक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्नेमा जोड दिए । स्वाधिन, सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने बताए ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोले त्यसको भारी बिसाउनु पर्ने अध्यक्ष थापाको भनाइ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ३ : ३१ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।