सर्वोच्चको ऐतिहासिक फैसलाले जनताको जित भयो : नेता नेपाल  « Khabarhub

सर्वोच्चको ऐतिहासिक फैसलाले जनताको जित भयो : नेता नेपाल 


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला स्वागतयोग्य भएको बताउँदै जनताको जित भएको बताएका छन् ।

सर्वोच्चको निर्णय आएको केही समयमा नै उनले सामाजिक सन्जालमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो ।,’ उनले लेखेका छन् ।

उनले थपेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : ४७ बजे

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन