बेलायतमा कोरोना खोप कार्यक्रम : ग्रीनविचकीले गरिन उलविच लेट नाइट फार्मेसीको तारिफ « Khabarhub

बेलायतमा कोरोना खोप कार्यक्रम : ग्रीनविचकीले गरिन उलविच लेट नाइट फार्मेसीको तारिफ


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– ग्रीनविचकी मेयर लिण्डा बर्डले उलविच लेट नाइट फार्मेसीले कोरोना खोप कार्यक्रममा पुर्याउँदै आइरहेको योगदानको तारिफ गरेकी छन् । जनवरी २१ देखि आधिकारीक रुपमा एचएचएस कोभिड भ्यासिनेशन साइटले सफलता पूर्वक समुदायमा कोरोना खोप कार्यक्रम अन्तर्गत काम गर्दै आइरहेको छ ।

हालै भएको एक जुम मिटिङमा मेयर बर्ड, उलविच लेट नाइट फार्मेसीका अध्यक्ष राजन कँडेल साथै वरिष्ठ क्लिनिकल फर्मासिष्ट शोभा शर्माबीच छलफल भएको हो । उक्त जुम मिटिङमा मेयर बर्डले उलविच लेट नाइट फार्मेसीले कोभिड १९ खोप अभियानप्रति विशेष चासो व्यक्त गरेकी थिइन् । उनले कोभिड १९ खोप अभियानमा एनएचएसमा फार्मेसीहरु महत्वपुर्ण स्रोत भएको जिकिर गरिन् ।

फर्मासिष्टहरु जो उच्च प्रशिक्षित स्वास्थ्य सेवा प्रदायकहरु हुन्, उनीहरुप्रति आम मानिसको विश्वास रहेको उनले बताइन् । उनीहरुले उत्कृष्ट सेवा प्रदायक हुन् र सुरक्षित र प्रभावकारी रुपमा भ्याक्सिनेशन सेवा प्रदान गर्दै आइरहेको भन्दै उनले तारिफ गरिन् ।

महामारीको समयमा लगातार खटिएर स्वाथ्य सेवा प्रदान गर्न कडा परिश्रम गरिरहेका र ग्रीनवीचका बासिन्दाहरुलाई खोप लगाएर जनस्वास्थ्यमा योगदान पुर्याएकोमा उनले उलविच लेट नाइट फार्मेसीमा कार्यरत सम्पुर्ण टिमको प्रशंसा गरेकी छन् ।

त्यस्तै मेयर बर्डले आफु बेम समुदायसँग निकट रहेर काम गरिरहेको र कोभिड खोप (उलविच फार्मेसीले समर्थन गर्दै आइरहेको मिसन) बारे जनचेतना गराइरहेको कँडेल र शर्मालाई विश्वास दिलाइन् ।

एनएचएस साउथ इष्ट लण्डनसँगको सहकार्यमा शोभा शर्माले भिडियोहरु निर्माण गर्दै आइरहेकी छन् र नेपाली समुदायलाई कोरोना भ्याक्सिनबारे प्रचार गरिरहेकी छन् ।

उलविच लेट नाइट फार्मेसी सुपरीटेण्डेन्ट फर्मासिष्ट जिगनेश मेहता र वरिष्ठ क्लिनिकल फर्मासिष्टहरु खोप लगाउने कार्य गर्दै आइरहेका छन् । पहिलो महिना निकै सफल रहेको र उनीहरुले धेरैभन्दा धेरै प्राथमिकतामा रहेका समुहलाई प्रत्येक हप्ता खोप लगाएको कँडेलले जानकारी दिए ।

उलविच लेट नाइट फार्मेसी ग्रीनवीचमा पहिलो फार्मेसी हो जसलाई एचएनएस इंग्ल्याण्डले एचएचएस कोभिड खोप साइट बनाउनका लागि अनुमोदन गरेको थियो । साथै लण्डनमा १५ मध्ये एक मात्र हो ।

टोलीले अब यो अनुभव ग्रीनविचमा रहेको अर्को फार्मेसी आधारित कोभिड खोप केन्द्रको लागि प्रयोग गर्ने योजना बनाएको छ ।

टोलीले मेयरसँग यस क्षेत्रमा प्रावधान विस्तार गर्ने उनीहरुको भावी योजनाहरु साझेदारी गर्दै आफुहरु उक्त कुरामा पुर्ण सहयोगी रहेको पुष्टि गरेको छ । उनीहरुलाई शुभकामना दिएकी छन् । मेयर बर्डले अन्तिममा समुदायको सहयोगमा खटिएकोमा र खोप नीतिलाई सफलता पुर्वक अगाडि बढाइरहेकोमा धन्यवाद दिइन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १ : १६ बजे

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई