सांसदहरुलाई काठमाडौँ उपत्यका नछाड्न नेकपा दाहाल-नेपाल पक्षको निर्देशन (भिडियोसहित) « Khabarhub

सांसदहरुलाई काठमाडौँ उपत्यका नछाड्न नेकपा दाहाल-नेपाल पक्षको निर्देशन (भिडियोसहित)


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले उपत्यका बाहिरका सांसदहरुदलाई तत्कालै काठमाडौं आउन तथा काठमाडौँमा भएका सांसदहरुदलाई जानकारीबिना उपत्यका बाहिर नजान निर्देशन दिएको छ ।

बैठकमा सहभागी नेतृ रामकुमारी झाक्रीले भनिन्, ‘संसदीय दलको बैठकले उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल बोलाउने र काठमाडौँ उपत्यकामा भएका सांसदलाई जानकारी बिना बाहिर जान नदिने निर्णय भएको छ ।’

दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले १३ दिनभित्रै संसद बैठक बस्नुपर्ने भएकाले यस्तो निर्देशन दिएको उनले बताइन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र अन्य दलहरुसंग सहकार्य गरेर जाने बारेमा पनि छलफल उनको भनाइ छ ।

बैठकमा अध्यक्षद्वय पुष्प कमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले आफूहरू सरकार बनाउनको लागि भन्दा पनि व्यवस्थाको लागि लडेको बताएका थिए ।

अध्यक्षद्वयले सर्वोच्चको फैसलालाई स्वागत गरेको र अव संविधानको रक्षा गर्दै अघि बढ्नुपर्ने समेत बताउनुभएको नेता देव गुरुङले जानकारी दिए ।

हेरौँ भिडियो

त्यस्तै संसदलाई व्यवस्थीत रुपमा अघि बढाउनका लागि आवश्यक सहकार्य गर्नुपर्नेमा बैठकले जोड दिएको उनले बताए । नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफैंले विघटन गरेको संसदमा गएर विश्वासको मत माग्ने नैतिकता नभएको समेत जिकिर गरे ।

यदि अविश्वासको प्रस्ताव सामना गर्ने हो भने आफूहरु पनि तयार रहेको उनले बताए । सरकारले दल विभाजन या अन्य कुनै अध्यादेश ल्याउन पनि सक्ने सन्दर्भमा उनले बाध्यकारी हिसाबले संसद बैठक बस्ने मिति नै तोकिएको अवस्थामा अध्यादेश आउन नसक्ने उल्लेख गरे ।

बैठकले प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनका क्रममा साथ दिने सबै पक्षलाई र सर्वोच्च अदालतले गरेको फैसला प्रति धन्यवाद ज्ञापन गरेको नेता गुरुङले जानकारी दिए।

संसदीय दलको बैठकमा अध्यक्षद्वय दाहाल र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए ।

यसअघि आजै बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ७ : ०८ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको