सरकार बनाउन दाहाल-नेपाल समूह ‘भिख माग्दै हिँडेको’ नेता पोखरेलको आरोप « Khabarhub

सरकार बनाउन दाहाल-नेपाल समूह ‘भिख माग्दै हिँडेको’ नेता पोखरेलको आरोप


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहाल-नेपाल समूह गैरकम्युनिस्ट पार्टी नेतृत्वको सरकार बनाउन ‘भिख माग्दै हिँडेको’ आरोप लगाएका छन् ।

बुधबार राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय समिति बैठकमा पोखरेलले अदालतको फैसलापछि दाहाल-नेपाल गैरकम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि भिख माग्दै हिँडेको आरोप लगाएका हुन् ।

उनले भने, ‘कम्युनिष्ट पार्टीको नेतृत्व होइन गैर कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारका लागि उहाँहरु भिख माग्न हिँड्दै हुनुहुन्छ ।’

उनले दुई महिनाको अवधिमा जनताले सत्य तथ्य कुरा आपै बुझ्‍ने मौका पाएको पनि बताए । नेता पोखरेलले पार्टी नेतृत्वको रक्षाका लागि स्वभाविक रूपमा प्रतिनिधिसभा विघटन त्यतिबेलाको लागि अपरिहार्य कदम भएको समेत बताए ।

पोखरेलले संसद्‍मा मान्छे तान्‍ने खेल सुरु हुने र त्यतिबेला ओलीको संसद् विघटनको कदम सही हो भन्‍ने दुनियाँलाई थाहा हुने दाबी गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ७ : २३ बजे

इरानका १० भन्दा बढी सहरमा अमेरिकी हवाई हमला, केश्ममा दम्पती र २ वर्षीय नाबालक मारिए

तेहरान- अमेरिकाले बिहीबार बिहान इरानका १० भन्दा बढी सहरमा हवाई

उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फर्छ्योट गर्न बाँकी

वीरगञ्ज– उच्च अदालत वीरगञ्जका २९ प्रतिशत मुद्दा फर्छ्योट गर्न बाँकी  छ

एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

सियोल– कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित डाटा सेन्टरका लागि आवश्यक

 सगरमाथा र ल्होत्सेका चिनियाँ आरोहीलाई अध्यक्ष दाहालद्वारा सम्मान

काठमाडौं– सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा

स्मार्ट टेलिकम प्रकरणमा व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी उपेन्द्र महतोलाई