इंग्ल्यान्डविरूद्धको पहिलो टेष्टमा भारतको उत्कृष्ट प्रदर्शन « Khabarhub

इंग्ल्यान्डविरूद्धको पहिलो टेष्टमा भारतको उत्कृष्ट प्रदर्शन


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लाण्डविरूद्धको तेस्रो टेष्ट क्रिकेटमा घरेलु टिम भारतले उत्कृष्ट प्रदर्शन गरेको छ ।

चार टेष्ट सिरिज खेल्न भारत भ्रमणमा रहेको पाहुना टोली इंग्लाण्ड तेस्रो टेष्टको पहिलो इनिङ्समा ११२ रनमा अलआउट भएको छ ।

अहमदाबादमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड पहिलो दिनमै १ सय १२ रन जोड्दा अलआउट भएको हो ।

इंग्ल्यान्डका लागि जाक क्रलेले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान जोय रुटले १७ रन जोड्दा बेन फोकेसले १२ र जोफ्रा आर्चरले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

भारतका अक्षर पटेलले ६ विकेट लिए । रविचन्द्र आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए ।

पहिलो दिनमै जवाफी ब्याटिङ थालेको भारतले २८.५ ओभर खेल्दै २ विकेटको क्षतिमा ९० रन बनाएको छ । भारत पहिलो इनिङमा अब २२ रनले मात्रै पछि छ ।

दुई टिमबीचको चार खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ६ : ३० बजे

रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए

काठमाडौं- सरकारका एकपछि अर्को काम विवादमा पर्दै गएपछि घेराबन्दीमा परेका

बीमित हित संरक्षणमा गम्भीर छौँ : बिमा प्राधिकरण

काठमाडौं– नेपाल बिमा प्राधिकरणले बीमित हित संरक्षण एवं बीमा व्यवसायको

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न