म्याद नाघेको दाल बिक्री गर्ने व्यापारीलाई तीन लाख जरिवाना « Khabarhub

म्याद नाघेको दाल बिक्री गर्ने व्यापारीलाई तीन लाख जरिवाना


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- उपभोग्य मिति पाँच वर्षअगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख जरिवाना गरिएको छ ।

उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय समाप्त भएको रहरको दाल १५ केजी तौल भएको दुई हजार ७००  बोरा बरामद भएको छ ।

व्यापारी बोहोराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै २०१५ मा म्याद सकिएको दाल सन् २०२२ राखेर बजारमा बिक्री वितरण गरेको कारबाही गरिएको कार्यालयका  निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

भारतबाट आयात गरिएको उक्त दाल कन्सर्नको गोदाममा ४० टन बरामद गरिएको छ ।

उपभोग्य म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर पुनः बिक्री वितरण गरेको भेटिएपछि कार्यालयले जरिवाना गरेको हो । बोहोराले उक्त दाल विराटनगरसहित मुलुकभरि थोकमा बिक्री वितरण गर्दै आएका छन् ।

बजारमा समेत म्याद सकिएको ठूलो परिमाणमा दाल पठाएको हुनसक्ने आशङ्कामा अनुगमनलाई तीव्रता दिने कार्यालयले जनाएको छ ।

व्यापारी बोहोराले म्याद सकिएको मितिलाई मेटाएर सोही स्थानमा नयाँ लेबल(स्टिकर) राखेर दाल बजार पठाउँदै आएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ८ : ५० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना