शिक्षकले तलब नपाएको भन्दै विद्यार्थीले नै गरे विद्यालयमा तालाबन्दी | Khabarhub Khabarhub

शिक्षकले तलब नपाएको भन्दै विद्यार्थीले नै गरे विद्यालयमा तालाबन्दी


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ ।

विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

निजी स्रोतमा कार्यरत विद्यालयका चार शिक्षकले गत चैत महिनादेखि तलब सुविधा नपाएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेपछि विद्यार्थीले पनि शिक्षकको समर्थनमा तालाबन्दी गरेको कक्षा १० मा अध्ययनरत अन्सु यादवले जानकारी दिए ।

कोभिड–१९ का कारण गरिएको लकडाउनपछि विद्यालय खुले पनि तलब नपाएको भन्दै शिक्षकले पठनपाठन नगराउँदा आफूहरुको पठनपाठन प्रभावित भएको विद्यार्थीले बताएका छन् ।

विद्यार्थीले आफ्ना शिक्षकलाई तत्काल तलब उपलब्ध नगराए गाउँपालिका कार्यालयमै तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन् । तालाबन्दीका कारण विगत तीन दिनदेखि विद्यालयको पठनपाठन अवरुद्ध भएको छ ।

विद्यालयले लामो समयसम्म तलब नखुवाउँदा घरखर्चसमेत चलाउनै समस्या भएको विद्यालयमा निजी स्रोतबाट कार्यरत शिक्षक शिवनारायण यादवले बताए । यता विद्यालयका निमित्त प्रधानाध्यापक अरुणकुमार यादवले शिक्षकको तलबका विषयमा गाउँपालिकालाई पटकपटक लिखित अनुरोध गर्दा पनि कुनै सम्बोधन नभएका गुनासो गरे ।

लक्ष्मीपुर पतारी–५ का वडाध्यक्ष महेन्द्र साहले शिक्षकलाई तलब खुवाउने विषयमा गाउँपालिकासँग समन्वय भइरहेको र चाँडै शिक्षकलाई तलब खुवाउने बताए । कक्षा १ देखि १० सम्म पठनपाठन हुने सो विद्यालयमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १० : ०५ बजे

कालीगण्डकी नदीमा एक पुरुष बेपत्ता

पर्वत– पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदीले बगाउँदा एक पुरुष

संसारकै गरीब राष्ट्रपतिको सन्देश : नेता महलमा होइन, जनताको मनमा बस्‍नुपर्छ

काठमाडौं- उरूग्वेका प्रसिद्ध राजनीतिज्ञ जोसे मुजिकाको मंगलबार ८९ वर्षको उमेरमा

प्रहरी निरीक्षकले नागढुंगाको सडकमै कुटे सहायक हवल्दारलाई

काठमाडौं– काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक जितेन्द्र साहले एकजना प्रहरी

यस्तो छ महालेखापरीक्षकले ९४ खर्ब ६३ अर्बको लेखापरीक्षण गरेर बनाएको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं – महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा सङ्घीय, प्रदेश

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छोड्न आदेश

काठमाडौं- काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य माया राईलाई