ओपोद्वारा एमडब्ल्यूसी संघाईमार्फत फ्ल्याश चार्जको बृहत प्रदर्शनी | Khabarhub Khabarhub

ओपोद्वारा एमडब्ल्यूसी संघाईमार्फत फ्ल्याश चार्जको बृहत प्रदर्शनी


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्मार्ट उपकरण कम्पनी ओपोले मोबाइल वर्ल्ड कंग्रेस संघाई (एमडब्ल्यूसीएस)मा फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको आयोजना गरेको छ ।

ओपो स्ट्यान्ड (बुथ नं एन२(ई४०)मा उपकरण चार्जिङका नवप्रबर्तन, फाइभजी कनेक्टिभिटी र स्मार्ट प्रविधि लगायतको प्रदर्शनी गरिएको हो ।

कञ्जुमर ईलेक्ट्रोनिक्स र चिप म्यानुफ्याक्चरिङ लगायत क्षेत्रका अग्रणी पार्टनर्सका साथै सीसीटीएल (चाइना टेलिकम्यूनिकेशन टेक्नोलोजी ल्याब्स)का चार्जिङ प्रविधिका विशेषज्ञहरु पनि फ्ल्याश चार्ज प्रविधिको भाविष्यका बारेमा अन्तरक्रियाका लागि सहभागी भएका थिए ।

जम्मा २० मिनेट भित्रै ४ हजार एमएएच क्षमताको फोन ब्याट्रीलाई शत प्रतिशत चार्ज गर्ने क्षमता सहितको १२५वाट फ्ल्याश चार्जर लगायतपनि ओपो स्ट्याण्डमा प्रदर्शनीका लागि राखिएको थियो । त्यसैगरी, सोही क्षमताको ब्याट्रीलाई मात्र ३० मिनेट भित्र पूर्ण चार्ज गर्ने क्षमता सहितको ६५वाट एयरभोक वायरलेस फ्ल्याश चार्ज उत्पादन तथा ओपोका प्रोप्राइटरी प्रविधिहरु लाईसेन्ड गरेका विभिन्न पार्टनर्सहरुका उत्पादनहरु पनि प्रदर्शनीमा राखिएका थिए ।

‘५जीले सबैको जीवनशैली मै ब्यापक परिवर्तन ल्याउने कुरामा ओपो विश्वस्त छ । ५जीको कभरेज र क्षमता विस्तारसंगै यसले विभिन्न क्षेत्रमा नयाँ एप्लिेकशन्सको विकाससंगै उपभोक्तालाई अप्रत्याशित अनुभव प्रदान गर्नेछ । हामी निरन्तर फाइभजी मानक विकासका लागि तत्पर छौँ । हामी टीभीदेखि सीपीई तथा एआर लगायत नयाँ फाइभजी उपकरण र तिनका प्रयोग माथिको अन्वेषणलाई निरन्तर्ता दिइरहने छौँ’, ओपो रिचर्स ईन्ष्टिच्यूटका उपाध्यक्ष हेनरी ट्याङले एमडब्ल्यूसी शंघाईमा फाइभजी ईन्नोभेशन एण्ड ईन्भेष्टमेन्ट समिटमा ५जी नवप्रबर्तनका बारेमा भने ।

ओपोको एमडब्ल्यूसीएस स्ट्यान्डमा फ्ल्याश चार्जका साथै अन्य चार क्षेत्रका आकर्षक नवप्रबर्तनात्मक प्रविधिहरु प्रदर्शित छन् ।

भविष्यका स्मार्ट होम :

प्रदर्शित ‘द स्मार्टहोम अफ दि फ्यूचर’ले ओपोका आईओटी उत्पादनले हाम्रा घरहरुलाई कसरी स्मार्टर र अझ कनेक्टेड बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । क्वालकम स्न्यापड्रागन एक्स५५ ५जी मोडेम-आरएफ प्रणालीद्वारा सञ्चारित पृथक सीपीई, ओम्नीले फाइभजी सिग्नललाई दूई प्रोप्राइटरी एन्टिना प्रणाली मार्फत स्थिर, उच्च गतिको वाईफाई कनेक्शनमा परिनत गर्ने क्षमता राख्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ३ : ४४ बजे

‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी’ 

पाटन – ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद्

पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी

काठमाडौं– देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी