२५ वर्षीया सरिता मृत भेटिइन « Khabarhub

२५ वर्षीया सरिता मृत भेटिइन


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतावस्थामा फेला पारेपछि घरका अन्य परिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका बारेमा जानकारी पाउने बित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले दुलाललाई हिजो दिउँसो घरको कोठामा नै मृतावस्थामा फेला पारेको हो । उनको घाँटीमा सानो डोरीको डाम बसेको, उतानो अवस्थामा फेला पारेको र उनका श्रीमान् फरार रहेको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान् सन्दीप दुलालले गाँजा चुरोट सेवन गर्ने गरेका र ६ महिनासम्म सुधार केन्द्रमा राखेर डेढ महिना अगाडि मात्रै घर ल्याइएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका दुलालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर ज्यान गयो
काभ्रेको बनेपा ७ धनेश्वरका रुपबहादुर आलेमगरको घरमा ढलान गर्ने क्रममा करेन्ट सर्ट हुदा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । सिन्धुली सुनकोशी ५ का ४० वर्षीय शङ्कर तामाङको घटनास्थलमा मृत्यु भएको डिएसपी दिपकुमार गिरीले बताए । प्रहरीका अनुसार शुक्रबार राति ढलान गर्ने क्रममा ढलान गर्ने मिक्सरमा करेन्ट सर्ट भएर उनको मृत्यु भएको हो । अहिले उनको शव पोष्टमार्टमका लागि बनेपा स्थित शिरमेमोरियल अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ११ : ३० बजे

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र