२५ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारतद्वारा ५३ करोड सहयोग | Khabarhub Khabarhub

२५ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारतद्वारा ५३ करोड सहयोग


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतले आर्थिक सहयोग गर्ने भएको छ ।

धादिङ र सिन्धुपाल्चोक जिल्लाका २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतले ५३ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो ।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएका धादिङ जिल्लाका १२ वटा र सिन्धुपाल्चोक जिल्लाका १३ वटा गरी कूल २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण हुन लागेको हो ।

यसैगरी पुनर्निर्माणका लागि छनोट हुन सफल बोलपत्रदातालाई कार्य हस्तान्तरण गर्न ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई बीच चारवटा ठेक्का सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

यी स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान रुड्कीले प्राविधिक सहयोग गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्ता जनाएको छ ।

सोही प्रतिबद्ता अनुरुप १४७ वटा स्वास्थ्य परियोजना मध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत हुन लागेको हो ।

बाँकी परियोजनाहरु बोलपत्र आव्हान प्रक्रियाको सुरुवाती चरणमा रहेको छ ।

स्वास्थ्य क्षेत्रमा पूर्वाधार संरचना सुदृढीकरण गर्नका लागि भारत सरकार नेपाल सरकारसँग मिलेर काम गरिरहेको छ । सन् २००३ देखि हालसम्म भारत सरकारद्वारा आर्थिक सहयोग पुर्‍याइएका साना विकास परियोजना योजना अन्तर्गतका ४० वटा भन्दा बढी स्वास्थ्य शिविर/स्वास्थ्य चौकी निर्माण सम्पन्न भइसकेका छन् ।

सन् १९९४ देखि भारत सरकारले विविध सरकारी, गैर—सरकारी/गैर नाफामूलक संस्थालाई ८२३ भन्दा बढी एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ७ : २९ बजे

सरकारले तत्काल उखु किसानका माग सम्बोधन गर्नुपर्छ : एनपी साउद 

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउनदले आन्दोलनरत उखु किसानका माग

आरन व्यवसायलाई आधुनिक बनाउन सहयोग गर्दै हिलिहाङ

पाँचथर– हिलिहाङ गाउँपालिकाले परम्परागत रूपमा आरन सञ्चालन गरिरहेका १० जनालाई उपकरण

सिँचाइका लागि एक वर्षमा १६ डिप बोरिङ वितरण

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक वर्षको अवधिमा सिँचाइका लागि १६ वटा

शिक्षक महासंघद्वारा कांग्रेसको पार्टी कार्यालयमा धर्ना

काठमाडौं– नेपाल शिक्षक महासंघले नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका

भारतीय सामानमा दोब्बर अमेरिकी कर, पुग्यो ५० प्रतिशत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसबाट तेल खरिद गरेका कारण