संवैधानिक परिषद्को निर्णय बदर गर्न सभामुख सापकोटाको आग्रह « Khabarhub

संवैधानिक परिषद्को निर्णय बदर गर्न सभामुख सापकोटाको आग्रह


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले मंसिर ३० गतेको संवैधानिक परिषद्को बैठकबाट गरिएको निर्णय बदर गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन्।

सभामुख सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बैठकबारे जानकारी नै नदिई एक पक्षीय रुपमा निर्णय गरेको आरोप लगाउँदै निर्णय बदर गर्न माग गरेका हुन् ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले सभामुख सापकोटा समेतलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै इजलासले विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

मंसिर ३० गते बसेको बैठकको निर्णय भन्दै उनले पुस ५ गते मात्रै विवरण सार्वजनिक गरेको समेत अदालतलाई पठाएको जवाफमा उल्लेख गरिएको छ ।

परिषदको तर्फबाट पुस ३ गते लेखिएको पत्र संसद सचिवालयलाई पुस ५ गते दिउँसो पौने ३ बजे मात्रै प्राप्त भएको उनले जिकिर गरेका छन्।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ८ : २९ बजे

मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको