चिनियाँ सरकारले मुस्लिम अल्पसंख्यक उईघुर जातिमाथि नरसंहार गरिरहेको बेलायती प्रतिवेदन सार्वजनिक « Khabarhub

चिनियाँ सरकारले मुस्लिम अल्पसंख्यक उईघुर जातिमाथि नरसंहार गरिरहेको बेलायती प्रतिवेदन सार्वजनिक


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतमा भर्खरै प्रकाशित औपचारिक कानुनी रायले चिनियाँ सरकारले मुस्लिम अल्पसंख्यक उईघुर जातिविरूद्ध नरसंहार गर्ने अपराध गरिरहेको अत्यन्त विश्वसनीय कानुनी प्रमाण भेट्टिएको जनाएको छ।

कानुनी विकल्पसहित प्रकाशित कानुनी रायले मुस्लिम अल्पसंख्यक उईघुर जातिलाई नष्ट गर्ने अभिप्रायसहित चिनियाँ राज्य लागिरहेको प्रमाणहरु भेट्टिएको जनाएको छ।

कानुनी निष्कर्षमा चिनियाँ सरकारले हिरासतमा लिने, श्रम शोषण गर्ने, बालबालिकालाई आमा बुबाबाट अलग्याउने, महिलाको प्रजनन क्षमता नष्ट गरिदिने, गर्भपतनसहित विभिन्न गैरमानवीय कार्यहरु गर्दै उनीहरुविरुद्ध लागिपरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

चीनको सिन्जियाङ क्षेत्रमा मुस्लिम अल्पसंख्यक उईघुर जातिलाई विनास गर्न चीन सरकार प्रायोजित रुपमा बेलायतको एसेक्स कोर्ट चेम्बर्सका वरिष्ठ अधिवत्ताहरुले एक सय पृष्ठ लामो औपचारिक कानुनी रिपोर्टमा यस्तो तथ्य प्रकाशित गरेको बीबीसीले जनाएको छ।

अन्तर्राष्ट्रिय कानुन अनुसार चिनियाँ सरकारको गतिविधि आम नरसंहार रहेको समेत रिपोर्टमा उल्लेख गरिएको छ। रिपोर्टमा चीन सरकारले उईघुरमाथि प्रायोजित नरसंहार मच्चाएको र यसमा राष्ट्रपति सी चिनफिङ नै जिमेवार रहेको रिपोर्टले आरोप लगाएको छ ।

पर्याप्त प्रमाणको अध्ययन र विश्लेषणको आधारमा उइघुरमाथिको दमनलाई अमानवीय नरसंहामरको संज्ञा दिइएको रिपोर्टमा उल्लेख गरिएको छ । बेलायती कानुनी विज्ञहरुको यो विश्लेणलाई अदालतकै मूल्यांकन समान बैद्यानिकता नभए पनि कानुनी कारबाहीका लागि आधार भने मान्न सकिने व्यबस्था छ।

बेलायतस्थित चिनियाँ दूतावासले भने चीन सरकार विरुद्ध पश्चिमा शक्तिहरुले गलत आरोप लगाएको भन्दै आलोचना गरेको छ । बीबीसीबाट

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १० : ५५ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले