दलितको कला बुझाउने कर्म | Khabarhub Khabarhub

दलितको कला बुझाउने कर्म


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रा.डा. विद्यानाथ कोइरालाले एउटा सानो आकारको पुस्तकको भूमिकामा लेखेका छन्- दलितहरूको विपन्नता, निरक्षरता तथा अज्ञानताको प्रस्तुति मूलधार बने बनाइएको बेलामा गोविन्द नेपालीले तिनको अनमोल क्षमता छ भन्ने कुरा देखाउनुभएको छ । वस्तुलाई बुझ्ने दलितको तरिका । निर्माण गर्ने दलितको तरिका । प्रयोग गर्ने दलितको तरिका ।

प्रा.डा. कोइरालाले ऋग्वेदका ऋचा र चरक, सुश्रुत तथा कश्यप संहिताका उदाहरणका साथ पुस्तकका बारेमा लेखेका छन्-

दलितहरू बर्दी बिनाका सिद्धान्तकार हुन् । दार्शनिक हुन् । प्राविधिक हुन् । व्यावसायिक हुन् । स्रष्टा हुन् भन्ने कुरा स्पष्ट पारेको छ । उनको सिद्धान्त, दर्शन, प्रविधि, व्यावसायिक कौशल, अन्तरदलित तथा दलिततिर सहसम्बन्धका बारेमा पुस्तकहरू लेखिनुपर्छ । सामग्रीहरू बन्नुपर्छ भन्ने कुराको संकेत गरिएको छ ।

प्रा.डा. कोइरालाले यसरी बयान गरेको पुस्तक हो- गोविन्दको : मौलिक ज्ञानको कला सिद्धान्त । पुस्तकका लेखक हुन् गोविन्द नेपाली । गोविन्द दलित समुदायका एक जना विद्वान युवा हुन् । दलित समुदायबारे अनुसन्धान र साहित्य लेखनमा उनको गहिरो रुचि छ ।

यही रुचिको उत्पादन हो ‘गोविन्दको : मौलिक ज्ञानको कला सिद्धान्त’ । यो सानो आकारको पुस्तकमा गोविन्दले दलित समुदायका सिप, कला, ज्ञान लगायतको संक्षेपमा परिचय दिएका छन् । दलितहरू आफ्ना कलामा र उत्पादनमा वायु, जल र जमिनसँग कसरी जोडिएका छन् भन्ने कुरा पुस्तकमा पढ्न पाइन्छ ।

वाद्यवादनका सामग्रीबाट धुन निकाल्न वायुको संयोजन कसरी गरे भन्ने विषयमा गोविन्दले १४ वटा पक्षको बयान गरेका छन् । वायुविना न जीवन छ न वाद्यस्वर ।

जलविना जीवन हुने कुरै भएन । गोविन्दले दलितको सिप र संस्कृतिमा जल कसरी जोडिएको छ भन्ने कुरा बुझाउन १२ वटा पक्षको बयान गरेका छन् । जमिन त उत्पादनको मूल स्रोत भइहाल्यो । दलितको सिप र कलासँग जमिनको सम्बन्धबारे गोविन्दले १२ वटा पक्षमा प्रकाश पारेका छन् ।

पुस्तकमा एउटा शीर्षक छ- जमिन, जल र वायुपङ्खीय सप्तरेखी चक्र । यी चक्रहरूमा दलितको संस्कृति, कला, शृङ्गार, ज्ञान, श्रम लगायतले सिर्जना गरेका मौलिकतालाई सूत्रबद्ध गरिएको छ । गोविन्दले १४ वटा शीर्षकमा यो पक्षमाथि प्रकाश पारेका छन् ।

आफ्नो भूमिकामा प्रा.डा. कोइराला गोविन्दको लगन र शोध स्तुत्य छ भन्दै थप लेख्छन्- व्यवहारलाई सैद्धान्तिकीकरण गर्न सक्ने तागत अपूर्व छ । दलितको गर्विलो इतिहास देखाउने प्रयास स्तुत्य छ ।

प्रा.डा. कोइरालाले भनेझैँ गोविन्दले साँच्चै स्तुत्य कर्म गरेका छन् । दलितको अधिकारको मात्रै होइन, उनले कला र ज्ञानको पनि पक्ष पनि उधिनेका छन् ।

पुस्तकको अर्को एउटा रोकच पक्ष के छ भने एकै ठाउँमा नेपाली र अङ्ग्रेजी संस्करण । एकतिरबाट पल्टाउँदा नेपाली र अर्कातिरबाट अङ्ग्रेजी ।

हार्दिक बधाई छ गोविन्द नेपालीलाई ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ३ : ४५ बजे

ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४

ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ?

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक

फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय

पेरिस- फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको

सरकारले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने

काठमाडौं– सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु

विवादले स्वास्थ्यमन्त्री बन्न नपाएकी संगीता मिश्राविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक