दलितको कला बुझाउने कर्म « Khabarhub

दलितको कला बुझाउने कर्म


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रा.डा. विद्यानाथ कोइरालाले एउटा सानो आकारको पुस्तकको भूमिकामा लेखेका छन्- दलितहरूको विपन्नता, निरक्षरता तथा अज्ञानताको प्रस्तुति मूलधार बने बनाइएको बेलामा गोविन्द नेपालीले तिनको अनमोल क्षमता छ भन्ने कुरा देखाउनुभएको छ । वस्तुलाई बुझ्ने दलितको तरिका । निर्माण गर्ने दलितको तरिका । प्रयोग गर्ने दलितको तरिका ।

प्रा.डा. कोइरालाले ऋग्वेदका ऋचा र चरक, सुश्रुत तथा कश्यप संहिताका उदाहरणका साथ पुस्तकका बारेमा लेखेका छन्-

दलितहरू बर्दी बिनाका सिद्धान्तकार हुन् । दार्शनिक हुन् । प्राविधिक हुन् । व्यावसायिक हुन् । स्रष्टा हुन् भन्ने कुरा स्पष्ट पारेको छ । उनको सिद्धान्त, दर्शन, प्रविधि, व्यावसायिक कौशल, अन्तरदलित तथा दलिततिर सहसम्बन्धका बारेमा पुस्तकहरू लेखिनुपर्छ । सामग्रीहरू बन्नुपर्छ भन्ने कुराको संकेत गरिएको छ ।

प्रा.डा. कोइरालाले यसरी बयान गरेको पुस्तक हो- गोविन्दको : मौलिक ज्ञानको कला सिद्धान्त । पुस्तकका लेखक हुन् गोविन्द नेपाली । गोविन्द दलित समुदायका एक जना विद्वान युवा हुन् । दलित समुदायबारे अनुसन्धान र साहित्य लेखनमा उनको गहिरो रुचि छ ।

यही रुचिको उत्पादन हो ‘गोविन्दको : मौलिक ज्ञानको कला सिद्धान्त’ । यो सानो आकारको पुस्तकमा गोविन्दले दलित समुदायका सिप, कला, ज्ञान लगायतको संक्षेपमा परिचय दिएका छन् । दलितहरू आफ्ना कलामा र उत्पादनमा वायु, जल र जमिनसँग कसरी जोडिएका छन् भन्ने कुरा पुस्तकमा पढ्न पाइन्छ ।

वाद्यवादनका सामग्रीबाट धुन निकाल्न वायुको संयोजन कसरी गरे भन्ने विषयमा गोविन्दले १४ वटा पक्षको बयान गरेका छन् । वायुविना न जीवन छ न वाद्यस्वर ।

जलविना जीवन हुने कुरै भएन । गोविन्दले दलितको सिप र संस्कृतिमा जल कसरी जोडिएको छ भन्ने कुरा बुझाउन १२ वटा पक्षको बयान गरेका छन् । जमिन त उत्पादनको मूल स्रोत भइहाल्यो । दलितको सिप र कलासँग जमिनको सम्बन्धबारे गोविन्दले १२ वटा पक्षमा प्रकाश पारेका छन् ।

पुस्तकमा एउटा शीर्षक छ- जमिन, जल र वायुपङ्खीय सप्तरेखी चक्र । यी चक्रहरूमा दलितको संस्कृति, कला, शृङ्गार, ज्ञान, श्रम लगायतले सिर्जना गरेका मौलिकतालाई सूत्रबद्ध गरिएको छ । गोविन्दले १४ वटा शीर्षकमा यो पक्षमाथि प्रकाश पारेका छन् ।

आफ्नो भूमिकामा प्रा.डा. कोइराला गोविन्दको लगन र शोध स्तुत्य छ भन्दै थप लेख्छन्- व्यवहारलाई सैद्धान्तिकीकरण गर्न सक्ने तागत अपूर्व छ । दलितको गर्विलो इतिहास देखाउने प्रयास स्तुत्य छ ।

प्रा.डा. कोइरालाले भनेझैँ गोविन्दले साँच्चै स्तुत्य कर्म गरेका छन् । दलितको अधिकारको मात्रै होइन, उनले कला र ज्ञानको पनि पक्ष पनि उधिनेका छन् ।

पुस्तकको अर्को एउटा रोकच पक्ष के छ भने एकै ठाउँमा नेपाली र अङ्ग्रेजी संस्करण । एकतिरबाट पल्टाउँदा नेपाली र अर्कातिरबाट अङ्ग्रेजी ।

हार्दिक बधाई छ गोविन्द नेपालीलाई ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ३ : ४५ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको