संसदमा सांसद खरिद बिक्री हुने सम्भावना बढ्यो: प्रदीप ज्ञवाली « Khabarhub

संसदमा सांसद खरिद बिक्री हुने सम्भावना बढ्यो: प्रदीप ज्ञवाली


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री एवम् ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुने आशंका व्यक्त गरेका छन् ।

ज्ञवालीले शनिवार नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै यस्तो धारणा राखेका हुन् ।

दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद बिक्री हुने थलो बन्ने खतरा बढेको उनले बताए ।

साथै उनले आफूहरू संविधानको सर्वोच्चता भन्ने शक्तिहरु भएको र विधिको शासनमा विश्वास गर्ने शक्तिहरु भएको पनि बताए ।

‘हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं, न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ, हामी त्यसलाई कार्यान्वयन गर्छौं,’ ज्ञवालीले भने ।

उनले कतै फेरि संसद् सांसदहरूको खरिद बिक्रीको थलो बन्ने त होइन? भन्दै प्रश्न गरे ।

उनले सांसद् फेरि दलहरूको नीतिहीन गठबन्धनको थलो बन्ने भन्दै शंका व्यक्त गरे । मन्त्री ज्ञवालीले देश भित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए ।

साथै उनले सरकारले तीन वर्षमा गरेको उपलब्धीका कारण नेपाल अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति भएको दाबी समेत गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : १० बजे

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ

बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी