बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि ! « Khabarhub

बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर दिक्दारी व्यक्त गरेका छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधनका क्रममा उनले बालेनमा देखिएको घमण्ड र अहंकारले देशलाई समस्यामा पर्न सक्ने बताए । फागुन २१ को निर्वाचनपछि गठित संसद्मा दोस्रो पटक बोल्ने क्रममा उनले कसैसँग छलफल र संवाद नगर्ने बालेनको शैली देशको लोकतान्त्रिक चरित्रविपरीत भएको टिप्पणी गरे ।

प्रचण्डले प्रतिपक्षीको मागअनुरुप प्रधानमन्त्री वालेन्द्रले संसद्मा आएर स्पष्टीकरण दिनैपर्न अडान राखे। सभामुख डीपी अर्यालले पनि त्यसमा पहल गर्नुपर्नेमा उनको जोड थियो ।

दाहालले देशको लोकतानन्त्रिक प्रक्रियालाई बालेनले अवमूल्यन गर्न नपाउने पनि बताए । ‘यो लोकतान्त्रिक प्रक्रियालाई प्रधानमन्त्रीले अवमूल्यन गर्न पाउँदैनन् । प्रधनमन्त्रीलाई लोकतान्त्रिक परिपाटी पालनामा सभामुखले पनि भूमिका खेल्नुपर्छ’, उनले भने, ‘देशलाई कता लैजाने यतिबेला, प्रधानमन्त्रीको हातमा छ । प्रधानमन्त्री संसद्मा आएर बोल्दा उनको उचाई बढ्ने हो, घट्दैन ।’

उनले नेपाललाई असफल राष्ट्र बनाउने कि नबनाउने भन्ने प्रधानमन्त्री शाहको हातमा रहेको पनि बताए। रास्वपा सभापति रवि लामिछानेले थालेको सहकार्यको प्रक्रियाको स्वागत गरेका दाहालले हरेक समस्या समाधानको उपाय संवादबाट खोज्नुपर्नेमा जोड दिए ।

उनले आफ्नो पालामा भ्रष्टाचारविरुद्ध अभियान चलाएको पनि स्मरण गरे। अहिलेको सरकारले भ्रष्टाचारविरोधी पहल थाले पनि सफल हुन नसकेको भन्दै बालेनले पुराना नेतासँग सल्लाह गर्नुपर्नेमा जोड दिए ।

‘खासगरी प्रधानमन्त्री बालेन शाहलाई भन्न चाहन्छु । नेपालमा विगतमा धेरै अनुभवबाट गुज्रिएका नेता र विद्वानको पंक्ति छ । संकटबाट देशलाई निकास दिने नेताहरूको पंक्तिछ । सुशासन र सामाजिक न्यायका लागि लडेका, जेलनेल भोगेका नेताको पंक्ति पनि छ’, उनले भने, ‘उनीहरूसँग कुरा गर्न, छलफल गर्न बालेनलाई के ले रोकेको होला ? बालेनले मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो ? म पनि भ्रष्टाचारविरुद्धको मेरो अनुभव पनि उनलाई सुनाउँथे। तर उनलाई आफ्नै अहंकारले रोकेको हो कि ? म नै सबैथोक छु, पर्याप्त छु भन्ने अहंकार पो छ कि ?’

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  २ : ०२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।