प्रधानमन्त्री ओली झापा आउँदै, ‘चाइना नेपाल फ्रेण्डशिप इण्डष्ट्रियल पार्क’ शिलान्यास गर्ने « Khabarhub

प्रधानमन्त्री ओली झापा आउँदै, ‘चाइना नेपाल फ्रेण्डशिप इण्डष्ट्रियल पार्क’ शिलान्यास गर्ने


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउँदै छन् । झापा क्षेत्र नम्बर ५ मा हुने ‘चाइना नेपाल फ्रेण्डशिप इण्डष्ट्रियल पार्क’ शिलान्याससहित विभिन्न कार्यक्रमका लागि ओली झापा आउन लागेका हुन् ।

ओलीको सचिवालयले  झापामा इण्डष्ट्रियल पार्क शिलान्यासलाई धेरै महत्व दिएको छ । ओलीको स्वागतका लागि दमकको मुख्य चोकमा नेपाल र चीनका झण्डाले सजाईएको छ भने ठाउँ ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।

ओलीको कार्यक्रम हुने स्थानमा सुरक्षा सतर्कता बढाईएको छ । क्षेत्र नं. ५ का दमक, कमल र गौरादह क्षेत्रका बासिन्दा पार्क शिलान्यास कार्यक्रम सफल बनाउन जुटेका छन् ।

पार्कका अध्यक्ष गोविन्द थापाका अनुसार औद्योगिक पार्कमा पहिलो चरणमा ६५ अर्व लगानी हुने छ । नेपाल र चिनियाँ नागरिक स्तरबाट वन्ने यो औद्योगिक पार्कमा पहिलो चरणमा कपडा, विद्युतीय सामग्री, ईलेक्ट्रोनिक्स समानलगायतका उद्योग आउने बताईएको छ ।

ओली बिहान १० बजे भद्रपुर विमानस्थल हुँदै दमक आउने र साँझ फर्कने तय भएको सचिवालयले जनाएको छ । ओलीका  सचिवालय सदस्य तथा झापाका पार्टी नेता होमबहादुर थापाका अनुसार ओली झापा आएपछि पहिलो कार्यक्रमका लागि आफ्नै निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाको क्याम्पा ११ बजे पुग्नेछन् ।

त्यहाँ कमल खोलामा निर्माण भएको पुल उद्घाटन गर्ने कार्यक्रम छ । यसपछि दमकबाट ईलामको चुलाचुली जोड्ने रतुवा खोलामा पुल शिलान्यास र अर्को पुल उद्घाटनको कार्यक्रम तय गरिएको छ ।

सचिवालयका अनुसार मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थापनको पूलसँगै पूर्वी खण्डका ३१ ओटा पुलको त्यहीबाट एकमुष्ट शिलान्यासको घोषणा हुने छ । यस्तै कमल–७ र गौरादह–५ को संगम स्थलमा पार्कको शिलान्यासपछि सोही ठाउँमा आयोजना हुने सभामा ओलीले संवोधन गर्ने जनाईएको छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ८ : १३ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा