ओली आउने भएपछि झापामा सुरक्षा सतर्कता उच्च « Khabarhub

ओली आउने भएपछि झापामा सुरक्षा सतर्कता उच्च

औद्योगिक पार्कसहित ३१ वटा पुलको एकमुष्ट शिलान्यास गर्ने


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- प्रतिनिधिसभा विघटनको निर्णय र सर्वोच्च अदालतबाट पुनर्स्थापनाको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक आज गृहजिल्ला झापा आउँदैछन् ।

प्रधानमन्त्री आउने तय भए पछि झापाका मुख्य चोकहरूमा सुरक्षाकर्मीको उपस्थिती बढाईएको छ । सदरमुकाम भद्रपुर, विर्तामोड तथा ओली सहभागी हुने कमल गाउँपालिका आसपासमा समेत सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती देखिएको छ ।

फाइल तस्वीर

यस्तै ओलीको गृहनगर दमकमा तय भएका चार वटा कार्यक्रम स्थल आसपासको क्षेत्रमा पनि सुरक्षाकर्मीहरुको उपस्थिती उच्च छ ।

ओलीको प्रमुख प्राथमिकतामा ‘चाइना नेपाल फ्रेण्डशिप ईण्डष्ट्रियल’ पार्कको शिलान्यास  छ । सो कार्यक्रममा उद्योग मन्त्री लेखराज भट्ट, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का प्रदेश प्रमुख तथा मुख्यमन्त्री एवम् पूर्वसभामुख सुवास नेम्वाङको पनि उस्थिती रहने इण्डष्ट्रियल पार्कका अध्यक्ष गोविन्द थापाले बताए ।

चोक सजाइयो,  ईन्टरनेट पुर्‍याइयो

ओली आउने तय भए पछि यस पटकको तामझाम र तयारी विगतको भन्दा फरक छ ।

यसपटक ओलीको आगमनमा चाईना नेपाल फ्रेण्डशिप इण्डष्ट्रियल पार्कको शिलान्यासलाई महत्व दिईएको छ । जसका कारण सरकारी अधिकारीहरुको उपस्थिती केही दिनअघि देखिनै वाक्लिएको छ ।

लगानी वोर्ड तथा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका उच्च अधिकारीहरु समेत कार्यक्रमको तयारीमा जुटेका छन् ।

यस्तै ओली आउने रुटका विभिन्न भागमा राजमार्ग ढाक्ने गरिका स्वागतद्वारहरू निर्माण गरिएको छ भने दमकको मुख्य चोकमा नेपाल र चीनका राष्ट्रिय झण्डाहरूले भरिएको छ ।

इण्डष्ट्रियल पार्क शिलान्यास हुने स्थान झापाको कमल- ७ मा ईन्टरनेटसमेत पुर्‍याइएको पार्कका अध्यक्ष गोविन्द थापाले बताएका छन् ।

विभिन्न मुलुकका सञ्चारगृहका प्रतिनिधी तथा सञ्चारकर्मी समेत उपस्थित हुने भएकाले उच्च स्तरको ईन्टरनेट पुर्‍याइएको उनले बताए । सो कार्यक्रमबाट नेपाल औद्योगीक चरणमा प्रवेश गरेको उद्घोष समेत हुने उनको दावी छ ।

यस्तो छ कार्यतालिका

ओलीको सचिवालयका अनुसार ओली बिहान ११ बजे झापाको भद्रपुर विमानस्थलमा आइपुग्ने छन् । त्यसपछिका उनका सवै कार्यक्रम क्षेत्र झापा क्षेत्र नं. ५ मा रहने छन् । उनी पहिलो कार्यक्रमका लागि ११:४५ बजे कमल खोलामा निर्मित पुल उद्घाटनका लागि कमल-२ क्याम्पा पुग्ने छन् ।

१२:४५ मा उनको गृहनगर दमक १० र मोरङ जोड्ने मावा खोलामा निर्मित पुलको उद्घाटन कार्यक्रम राखिएको छ । १: ४५ मा सोही वडाबाट कमल गाउँपालिका हुँदै गौरादह जोड्ने स्थान रतुवा खोलामा निर्मित पुल उद्घाटन गरि १:३० मा चाइना नेपाल फ्रेण्डशिप इण्ड्रष्टियल पार्क शिलान्यास समारोहमा पुग्ने छन् । कमल ७ को झर्काहा बजारमा यो कार्यक्रम राखिएको छ ।

दिन भरिका लागि विभिन्न कार्यक्रम राखिए पनि उनको सम्वोधन भने सोही कार्यक्रममा मात्र हुनेछ ।

सम्वोधन पछि ३:१५ मा दमक १ बाट कमल गाउँपालिका हुँदै इलामको चुलाचुली जोड्ने स्थानको रतुवा खोलामा निर्माण भएको पुल उद्घाटन गरि ३:४५ मा दमक २ पुग्ने छन् । त्यहाँ उनले रतुवा खोलामा नयाँ पुलको शिलान्यास गर्ने छन् ।

सचिवालयका अनुसार मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थानको पूलसँगै पूर्वी खण्डका ३१ ओटा पुलको त्यहीबाट एकमुष्ट शिलान्यासको घोषणा हुने छ ।

आधा दर्जनभन्दा धेरै कार्यक्रमहरूमा सहभागी भएर ओली साँझ ५:३० बजे भद्रपुर हुँदै काठमाडौँ फर्कने कार्यतालिका छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १० : १० बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित आएका प्रतिपक्षी दलले पछिल्लो

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा