महाशाखाले शुरु गर्‍यो नागरिकमैत्री आचरण व्यवहार सुधार कार्यक्रम « Khabarhub

महाशाखाले शुरु गर्‍यो नागरिकमैत्री आचरण व्यवहार सुधार कार्यक्रम


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रदान गर्न कार्यक्रम शुरु गरेको छ ।

महाशाखाले ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा थप सुधार लक्षित कार्यक्रमको शुरुवात गरेको जनाएको छ ।

ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारवाही एव गतिविधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग नागरिकमैत्री व्यवहार सहित सहज, सरल एंव पारदर्शी सेवा प्रदान होस् भन्ने अभिप्रायले यस मुल्याङ्कन पद्दति सहित पुरस्कृत गर्ने परिपाटीको शुरुवात गरेको हो ।

नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिबृद्धि योजना २०७७ लाई प्रभावकारी कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग सभ्य, शिष्ट र पारदर्शी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यविधी २०७७ बनाई लागु गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

एक सय पूर्णाङ्कको कार्यविधिलाई दुई चरणमा विभाजन गरिएको छ जसमा प्रहरी कर्मचारीको व्यक्तिगत आचरण, कार्यसम्पादन क्षमता, सेवाग्राहीसँगको व्यवहार, अनुशासन लगायतका विषयहरु समेटिएका छन् ।

प्रत्येक ट्राफिक प्रहरी कर्मचारीको प्रत्यक्ष मुल्याङ्कन निज कार्यरत कार्यालयको प्रमुख, हवल्दार र सुबेदार मेजरबाट हुनेछ भने समग्र मुल्याङ्कन एव सुपरिवेक्षण महाशाखाले गर्ने छनौट कार्यविधिमा व्यवस्था रहेको छ ।

प्रत्येक महिना सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने दुई जनालाई वृत्ति विकासमा जनिने गरि नगद पुरस्कार एव सम्मान समेत गरिने महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।

यसले आम सेवाग्राहि एंव सडक प्रयोगकर्ताहरुलाई नागरिकमैत्री व्यवहारसहित उत्कृष्ट सेवा प्रदान गर्न र समग्र कार्य सम्पादनमा प्रभावकारिता एव स्तरबृद्धि गर्न कोशेढुङ्गो सावित हुने प्रवक्ता अधिकारीले विश्वास व्यक्त गरे ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्न महाशाखाले “नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यबिधी २०७७” लागु गरेको जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १० : १६ बजे

कालो धुवाँ बोकेरै ठडिएको छ पुरानो संसद् भवन, पुनर्निर्माणको छैन टुंगो, भाडासमेत तिर्न बाँकी

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)

२०० करोड मनी लन्ड्रिङ केसमा ट्विस्ट : ज्याकलिन फर्नान्डेजले सरकारी साक्षी बन्ने कदम फिर्ता लिइन्

काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि २०० करोड भारतीय रुपैयाँ

कोशी मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

विराटनगर– कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६

सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी

काठमाडौं- प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति

नेप्से परिसूचक १० अंकले घट्यो

काठमाडौं–  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव