तीन फर्मविरुद्ध मुद्दा दायर, ४० करोड राजश्व छलीको अभियोग « Khabarhub

तीन फर्मविरुद्ध मुद्दा दायर, ४० करोड राजश्व छलीको अभियोग


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजश्व अनुसन्धान विभागले वीरगञ्ज र विराटनगरका तीन व्यवसायी फर्मविरुद्ध ४० करोड राजश्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ।

विभागले विराटनगरका सुरेशकुमार राठी, वीरगञ्ज उपमहानगरपालिका–१० स्थित रजनिश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका संचालक रजनिशकुमार गुप्ताविरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको जनाएको हो ।

विभागले राठीलेविस्द्ध राजस्व छलीको अभियोगमा १५ करोड ३६ लाख रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै विभागले वास्तविक बिक्री आम्दानीभन्दा घाटा देखाइ मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर छलेको अभियोगमा मुद्दा दायर गरेको हो।

राठीले भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टममा विवरण प्रविष्टि नगरी कारोबार गर्ने गरेको पनि विभागले जनाएको छ । रजनिश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका संचालक तथा प्रोप्राइटर गुप्ताले राजस्व चुहावट गरेको अभियोगमा २५ करोड रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ र

उनले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १० : ३८ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा