तीन फर्मविरुद्ध मुद्दा दायर, ४० करोड राजश्व छलीको अभियोग « Khabarhub

तीन फर्मविरुद्ध मुद्दा दायर, ४० करोड राजश्व छलीको अभियोग


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजश्व अनुसन्धान विभागले वीरगञ्ज र विराटनगरका तीन व्यवसायी फर्मविरुद्ध ४० करोड राजश्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ।

विभागले विराटनगरका सुरेशकुमार राठी, वीरगञ्ज उपमहानगरपालिका–१० स्थित रजनिश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका संचालक रजनिशकुमार गुप्ताविरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको जनाएको हो ।

विभागले राठीलेविस्द्ध राजस्व छलीको अभियोगमा १५ करोड ३६ लाख रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै विभागले वास्तविक बिक्री आम्दानीभन्दा घाटा देखाइ मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर छलेको अभियोगमा मुद्दा दायर गरेको हो।

राठीले भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टममा विवरण प्रविष्टि नगरी कारोबार गर्ने गरेको पनि विभागले जनाएको छ । रजनिश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका संचालक तथा प्रोप्राइटर गुप्ताले राजस्व चुहावट गरेको अभियोगमा २५ करोड रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ र

उनले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १० : ३८ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज