दीपेन्द्रको ‘चिसो मान्छे’ घाममा नखिचिने ! « Khabarhub

दीपेन्द्रको ‘चिसो मान्छे’ घाममा नखिचिने !


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘चिसो मान्छे’को छायांकन सोमबारबाट सुरु भएको छ ।

राजधानीमा सोमबार बिहान शुभसाइत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । निर्देशक खनालले फिल्मले चिसो मान्छेहरुको कथा भन्ने भएकाले घाममा नखिचिने बताए ।

‘काठमाडौदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा सुटिङ हुनेछ । घाममा सुटिङ नहुने भएकाले यति नै दिनमा छायांकन सकिन्छ भन्ने अवस्था छैन’, उनले भने ।

शर्मिला पाण्डेको लगानी रहने फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बिसीलगायतको अभिनय रहनेछ ।

आगामी वर्षको भदौ ११ गते रिलिज हुने फिल्ममा सुभाष भुषालको संगीत हुनेछ । यसअघि दीपेन्द्र र शर्मिलाले बनाएको फिल्म ‘आमा’ले बक्स अफिसमा सुखद व्यापार गरेको थियो ।

मुहुर्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १२ : ३० बजे

पशुपतिमा महाशिवरात्रीको तयारी अन्तिम चरणमा

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

अभिनेता राजपाल यादवको बेल अर्जी स्थगित 

 काठमाडौं– बलिउड अभिनेता राजपाल यादवको कानुनी झमेलाले बिहीबार फेरि नयाँ मोड

सुडानमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु 

एजेन्सी– उत्तरी सुडानको नाइल नदीमा डुङ्गा डुब्दा कम्तिमा २१ जनाको

इटालीको विस्फोटक ब्याटिङसामु नेपालको बलिङ फितलो

काठमाडौं- इटालीको विस्फोटक ब्याटिङसामु नेपालको बलिङ फितलो देखिएको छ ।

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा