प्रचण्ड–माधवले भन्ने गरेको बहुमत पार्टी एकताका लागि मैले नै दिएको हुँः प्रधानमन्त्री « Khabarhub

प्रचण्ड–माधवले भन्ने गरेको बहुमत पार्टी एकताका लागि मैले नै दिएको हुँः प्रधानमन्त्री


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहले भनिरहेको बहुमत आफूले नै पार्टी एकताका लागि दिएको दावी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि भनेर आफूले बहुमत दिएको दावी गरेका हुन् ।

‘एकताका लागि भनेर दिएको हो । केन्द्रीय कमिटी बनाउँदा मेरो नोट कापीमा नाम लेखेर मैले नै दिएको हो । महाधिवेशनबाट चुनाव जितेर आएको कुनै कमिटी हो र त्यो ?’ उनले भने, ‘तर उहाँहरु षड्यन्त्र पूर्ण ढंगले त्यसबेला बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, किन भनेको त पार्टी बिगार्ने, देश बिगार्ने षड्यन्त्र लुकेकै रहेछ त्यसबेला । नत्र मैले त बहुमत चाहिन्छ भन्दै हिँडिनँ ।’ एकीकरण गरिसके लगत्तै प्रचण्ड–माधवले आफ्नो धन्दा सुरु गरेको ओलीको आरोप छ ।

आफू अध्यक्ष भएको नाताले बहुमत खोज्न सक्ने तर आफूले त्यसो नगरेको उनको भनाइ छ । आफूले पार्टी एकता गर्नकै लागि जसले जति–जति भन्यो त्यति–त्यति दिएर पार्टी एकता गरेको बताए ।

प्रधानमन्त्री ओलीले देशमा विकासले गति पाएकाले नै आफूमाथि प्रहार भएको आरोप लगाए । सम्पूर्ण रुपमा ममाथि अत्यन्तै तीव्र रुपले प्रहार केन्द्रित छ ।

‘ममाथि शारीरिक हमला भयो अथवा मेरो ज्यान तलमाथि केही भयो भने पनि तपाईंहरु अनौठो नमान्नु होला ।’ उनले भने, ‘तर त्यस्तो हुन दिइने छैन, हामी सतर्कता अपनाउँछौँ ।’

‘म रहिन भने पनि केही छैन, आन्दोलन छ, पार्टी छ । यस आन्दोलनले प्रतिक्रियावादी र तिनका मतियारका अगाडि घुँडा टेक्नु हुँदैन । देश र जनताको भविश्य अन्धकारमा जान दिनु हुँदैन । देश बनाउने पार्टीको भविश्यलाई अन्धकारमा जान दिनुहुँदैन ।’

हरेक परिस्थितिको सामना गर्न पूर्णमा आफू तयार रहेको उनले बताए । ‘हाम्रो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक हुन्छ । त्यहाँभन्दा बाहिर जानु हुँदैन ।’ उनले भने ।

सरकारविरुद्ध देशी विदेशी शक्तिहरु लागि रहेको उल्लेख गर्दै उनले भने, ‘अनेक ठाउँबाट प्रहार भइरहेको छ । तर पनि पार्टी कार्यकर्ताहरुमा विचलन छैन । निराशा, अलमल छैन ।’ पार्टीमा कुनै द्विविधा नभएको प्रधानमन्त्री ओलीको जिकिर छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  २ : ५९ बजे

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको