बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रधानमन्त्री ओली « Khabarhub

बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रधानमन्त्री ओली


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्धन दिने तयारी रहेको बताएका छन् ।

आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्दै केही समयभित्रमै अस्पताललाई शिक्षण अस्पताल बनाइने र सम्बन्धनको कार्य पनि अघि बढेको बताए ।

उनले यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईंले निजी लगानीमा सञ्चालनमा ल्याएको क्यान्सर अस्पताल विश्वस्तरकै आधुनिक भएको तथा यसमा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति रहेको भनी प्रशंसा गर्दै विश्वस्तरको अस्पतालबाट जनताले सस्तो र सुलभ मूल्यमा उपचार पाउने विश्वास व्यक्त गरे ।

उनले सो अस्पतालले अन्य देशका भन्दा सस्तो र भरपर्दो उपचार दिने हुँदा विदेशीसमेत आउने अपेक्षा व्यक्त गरे । अर्को प्रसङ्गमा उनले प्रसाईँले मार्सी चामललाई ब्रान्ड बनाइदिएको तथा चाँडै मार्सी बियर बजारमा ल्याउने तयारी गरेको जानकारी आफूले पाएको बताए ।

प्रधानमन्त्री ओलीले राजनीतिक प्रसङ्गमा आफूलाई कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती दिए । उनले भने, “तत्काल कसैले हटाउन सक्छ भने हटाएर देखाओस्, डेढ–दुई वर्षपछि चुनाव आउँछ, जनताले दुई तिहाइ बहुमत दिएर सिंहदरबार पठाउँछन् ।”

उनले यही फागुन २३ गते प्रतिनिधिसभा अधिवेशन बोलाइएको हुँदा सर्वोच्च अदालतको फैसलाको समेत परीक्षण हुने बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ६ : ०२ बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले