तीन महिनाको छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ « Khabarhub

तीन महिनाको छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– आफ्नै ३ महिनाको छोराको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पञ्चेश्वर गाउँपालिका-५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्दलाई मंगलबार दिउँसो प्रकाउ गरिएको हो । आफ्नै घरमा छोरा लक्ष्मणलाई राजबहादुरले लछारपछार गरी कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजबहादुरले आफ्ना ७० वर्षीय बुबा मन्धिर चन्दलाई समेत कुटपिट गरी घाइते बनाएका छन् ।

राजबहादुरलाई जिल्ला प्रहरी कार्यालय बैतडी र प्रहरी चौकी बलाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका मन्धिर चन्दको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ७ : ४१ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका