प्रधानमन्त्रीद्वारा सन्थाल एकीकृत बस्तीको शिलान्यास « Khabarhub

प्रधानमन्त्रीद्वारा सन्थाल एकीकृत बस्तीको शिलान्यास


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज मोरङको उर्लाबारीमा निर्माण हुन लागेको सन्थाल एकीकृत बस्तीको शिलान्यास गरेका छन् ।

शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ मोरङमार्फत रु ३० करोडको लागतमा बन्ने सो बस्तीमा १३२ घर हुनेछन् ।

भूमि तथा घरबारविहीन अतिविपन्न सन्थाल र उराँव समुदायलाई बसोबास दिन उक्त परियोजना शुरु गरिएको हो । उर्लाबारी–९ स्थित रातोहोली खोल्सी किनारको जग्गालाई नगरबाट सन्थाल एकीकृत बस्ती विकास गर्ने निर्णयअनुसार परियोजना शुरु गरिएको नगरप्रमुख खडक फागोले बताए ।

उनका अनुसार ३१ हजार ७६८ वर्गमिटर जग्गामा निर्माण हुने बस्तीमा १०६ सन्थाल र २६ उराँव समुदायलाई घर दिइने छ । बस्तीमा एक परिवार बसोबासको लागि चाहिने न्यूनतम २०० कोठा, एक भान्साघर, एक शौचालयसहित सडक, खानेपानी, मनोरञ्जनस्थल, खोल्सी संरक्षण, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतका संरचना निर्माण हुने छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ९ : १० बजे

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, दर्जनौँ घाइते

लापाज- बोलिभियाको सैन्य परिसरमा भएका दुई वटा छुट्टाछुट्टै विस्फोटमा कम्तिमा

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको