ताप्लेजुङ आगलागी: तत्कालका लागि पीडितलाई १५ हजार वितरण गरिने « Khabarhub

ताप्लेजुङ आगलागी: तत्कालका लागि पीडितलाई १५ हजार वितरण गरिने


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट जलेर नष्ट भएका ४९ घर र त्यहाँ भाडामा बस्ने परिवारलाई गाउँपालिकाले राहत वितरण गर्ने भएको छ ।

आज स्थानीय भोला पौडेलको घरमा विद्युत शर्त भएर बिहान करिब ९ बजेबाट सुरु भएको आगलागी हुँदा क्षति पुगेको थियो ।

ती परिवारलाई तत्कालका लागि नगद रु १५ हजार उपलब्ध गराउने तयारी भएको गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिए ।

उनका अनुसार आगलागीका कारण भएको प्रारम्भिक क्षतिको विवरण संकलन भएको र थप क्षतिको यकिन विवरण तयार पार्न ५ सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।

पीडितलाई आवासका लागि व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ । विस्थापित परिवारको संख्या ठूलो भएकाले रेडक्रस, उद्योग वाणिज्य संघ लगायतका संघसंस्थासँग समन्वय गरिएको छ ।

तत्कालका लागि केहीलाई दोभान बजारकै केही घरहरूमा र केहीलाई आठराई त्रिवेणी गाउँपालिका स्थित पाथीभरा मेमोरियल स्कुलमा बस्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

ठूलो आगो  लागेपछि नियन्त्रणका क्रममा केही घरसमेत भत्काइएको थियो । लामो प्रयासपछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट मानवीय क्षति नभएको जनाइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ८ : ३८ बजे

बालेनको व्यवहार रास्वपालाई ‘निल्नु न ओकल्नु’

काठमाडौं- करिब एक वर्षको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ

राष्ट्रियसभामा अर्थमन्त्री डा. वाग्लेको जवाफ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको

करेन्ट लागेर प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने