हुम्लामा स्वाइन फ्लूको आशंका, ज्यान गुमाउनेको संख्या ९ पुग्यो « Khabarhub

हुम्लामा स्वाइन फ्लूको आशंका, ज्यान गुमाउनेको संख्या ९ पुग्यो


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको रुघाखोकीसहितको महामारीबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

सदरमुकाम सिमिकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन । पैदल जान तीन दिन लाग्छ । त्यसैले पनि सकारले डाक्टर र औषधि पठाउन सकेको छैन । औषधि अभावमा विमारीहरुको विचल्ली भएको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैसीले बताए ।

२६ चैत यता हुम्लाको ताँजाकोट गाउँपालिका–२ जिमाना गाउँमा महामारी फैलिएको हो । हालसम्म ज्यान गुमाउनेको संख्या ९ पुगेको र २ सय भन्दा बढी विरामी रहको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए ।

उनले भने, ‘बरामीमा ज्वरो आउने, छाती दुख्ने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने लक्षण देखिएको छ ।’

बिरामीमा रुगाखोकीको लक्षण देखिए पनि परीक्षण नभएकाले रोग के हो भन्ने समेत पहिचान हुन सकेको छैन ।

फोनबाट लिएको जानकारीका आधारमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण मशाखाखाले ‘स्वाइन फ्लु’ फैलिएको हुनसक्ने अनुमान गरेको छ । महामारीबाट ज्यान गुमाउनेमा अधिकांश बालबालिका र बृद्धबृद्धा छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ६ : ४८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना