महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ « Khabarhub

महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मकवानपुरको हेटौँडास्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ललाई मङ्गलबार सात दिनको म्याद थप गरेको छ ।

आफूमाथि हातपात र दुर्व्यवहार भएको भन्दै उद्योगमै कार्यरत एक महिला कर्मचारीले प्रहरीमा उजुरी दिएपछि मल्ललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरी अभद्र व्यवहारअन्तर्गत सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

महिला कर्मचारीमाथि महाप्रबन्धक मल्लले दुर्व्यवहार गरेको आरोपमा त्यहाँ कार्यरत कर्मचारी र स्थानीय बासिन्दाले हेटौँडाको चुरियामाईमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका छन् । पक्राउ परेका मल्ललाई कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : ४५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब