सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्न | Khabarhub Khabarhub

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्न


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको साढे ३ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले जानकारी दिए ।

वार्ता सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।’

सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका भने विप्लव समूहको नेतृत्व खड्ग विश्वकर्माले गरेका छन् ।

वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझ काठमाडौँ आएको थियो ।

सरकारले गृहमन्त्री थापाको नेतृत्वमा डा.भट्टराई रहेको वार्ता टोली बनाएलगत्तै विप्लव समूहले पनि विश्वकर्माको संयोजकत्वमा उदय चलाउने सदस्य रहेको वार्ता टोली बनाएको थियो ।

अर्को वार्ता कहिले हुँने भन्नेबारे केही खुलाइएको छैन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ११ : २२ बजे

चेपाङ समुदायले आज न्वांगी पर्व मनाउँदै

चितवन– चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदै छन् ।

जलवायु परिवर्तनमा गम्भीर छैन सरकार

नेपाल भौगोलिक र जलवायु परिवर्तनका कारण विश्वकै उच्च प्रकोप जोखिमयुक्त

यूएई सिरिजको फाइनलमा पाकिस्तान र अफगानिस्तान भिड्दै

काठमाडौं – एशिया कप अगाडि यूएईमा सम्पन्न त्रि–देशीय सिरिजको फाइनलमा

काठमाडौंको चन्द्रागिरिस्थित इन्द्रदहमा मेला

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आज (आइतबार) बिहानैदेखि काठमाडौंको पश्चिमोत्तर

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं– एनएमबी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेको छ ।