कांग्रेसले बोलायो संसदीय दलको बैठक « Khabarhub

कांग्रेसले बोलायो संसदीय दलको बैठक


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ ।

बैठक यही फागुन २१ गते  अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ  । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

बैठकमा अनिवार्य उपस्थित हुनको लागि सांसदहरुलाई सर्कुलर गरिएको पनि उनले बताइन् ।  संसद् पुनःस्थापनपछि पहिलो पटक बस्न लागेको प्रतिनिधि सभामा कांग्रेसको भूमिका कस्तो हुने र कसरी प्रस्तुत हुने भन्ने विषयमा शुक्रबार छलफल हुने भुसालको भनाइ छ ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६१ सांसद छन् ।  ६३ भए पनि पार्टी उपसभापति विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बनमा छन् ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो ।

सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : २५ बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र