सेनाको पृतनापति समन्वयात्मक बैठकमा प्रधानमन्त्री ओलीद्वारा सम्बोधन « Khabarhub

सेनाको पृतनापति समन्वयात्मक बैठकमा प्रधानमन्त्री ओलीद्वारा सम्बोधन


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गरेका छन् । उनले जङ्गी अड्डामा भएको बैठकलाई सम्बोधन गरेका हुन् ।

महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा बैठक राखिएको हो । नेपाली सेनाले वार्षिक रुपमा दुईपटक पृतना बैठक राख्दै आएको छ ।

सैनिक जनसम्पर्क सूचना निर्देशनालयका अनुसार सो बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदन पेश हुने छ ।

बैठकमा महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए र गरेका कार्यबारे प्रस्तुतीकरण एवं छलफल हुने जनाइएको छ ।

सेनाका सातै प्रदेशमा एक–एक र काठमाडौँ उपत्यकामा एक पृतना छ । सेनाको पृतनाको नेतृत्व उपरथीबाट हुँदै आएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : १० बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार