अवैध लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित दुई जना पक्राउ


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– अवैध लागूऔषधसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका १८ वर्षीय दुई जना युवालाई चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजदेवी नगरपालिका–८ लक्ष्मीपुरबाट पक्राउ परेका उनीहरुबाट लागूऔषध १ सय ८० एम्पुल फेनारगन, १ सय ८० एम्पुल नोर्फिन, १ सय २० एम्पुल डाईजेल्याप र ६० एम्पुल डाईजेपाम बरामद गरिएको छ ।

भारतको सितामडी वैरगैनिया भकुरहरमा बस्दै आएका उनीहरूलाई नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी वेलविछुवाबाट खटिएको प्रहरीको टोलीले चेकजाँचका क्रममा प्रकाउ गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : ४५ बजे

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं