छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह | Khabarhub Khabarhub

छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले आज संयुक्त विज्ञप्ति प्रकाशन गरी उक्त सुझाव दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भिर बनाएको छ ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हालसम्म नटुङ्गिएको स्थितिमा उनीहरुको यो प्रतिक्रिया आएको हो ।

आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन उनीहरुले अनुरोध गरेका हुन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : ४८ बजे

एमाले विधान महाधिवेशन : पूर्वराष्ट्रपति भण्डारीले पठाएका ३५ सय पत्र वितरण 

काठमाडौं– नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले

बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, २५ अर्ब खिच्दै राष्ट्र बैंक 

काठमाडौं– नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ

हाटबजार विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका

दमौली– प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुँदै आएको तनहुँको आँबुखैरेनीमा अब

सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई

कांग्रेसले भन्यो- सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबारे सरकारसँग छलफल गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयका विषयमा सरकारसँग